वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
म्युनिखलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश
Prabhu Bank AD

एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोल र समग्रमा ४–३ गोलले पराजित गर्न सफल भएको हो ।

खेलको ६८ औँ मिनेटमा ह्यारी केनको पासमा अल्फोन्सो डेभिसले गोल गरेपछि जर्मन क्लब फाइनलतर्फ अग्रसर बनेको थियो । तर, ८१ औँ मिनेटमा सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेका जोसेलु नायक बनेपछि बायर्नको सपना चकनाचुर बन्यो ।

८८ औँ मिनेटमा बायर्नका गोलकिपर म्यानुअल नुयरको गल्तीको फाइदा उठाउँदै जोसेलुले खेल बराबरी गरे । दुई मिनेटपछि उनले एन्टोनियो रुडिगरको पासमा गोल गर्दै रियलको पुनरागमन पूरा गरे ।

खेल विवादरहित भने बन्न सकेन । इन्जुरी समयको १३ औँ मिनेटमा बायर्नका म्याथिस डी लिटले बराबरी गोल फर्काएका थिए । तर, रेफ्रीले त्यसअघि नै अफसाइड करार गरे । टेलिभिजन रिप्लेमा रेफ्रीको उक्त निर्णय गलत देखिएको थियो ।

१४ पटकको युरोपियन च्याम्पियन रियलले अब १ जुनमा हुने फाइनल खेलमा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय