वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
पहिलो लेगमा एट्लेटिकोको जित
Prabhu Bank AD

च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बोरुसिया डर्टमण्डमाथि झिनो अग्रता कायम गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको २–१ गोलले विजयी बन्यो ।

घरेलु मैदानमा एट्लेटिकोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । राड्रिगो डी पाउलले टोलीलाई शानदार सुरुवात दिलाए । ३२ औँ मिनेटमा डर्टमन्डको डिफेन्सको गल्तीको फाइदा उठाउँदै सामुएल लिनोलाई गोलको अवसर सिर्जना गरे ।

तर, खेलको अन्त्यतिर डर्टमण्डले एक गोल फर्काएपछि एट्लेटिको अग्रता खुम्चियो । ८१ औँ मिनेटमा सबास्टियन हालेरले गोल गर्दै घरेलुलाई स्तब्ध बनाए । अब दुई टोली अर्को लेगमा मंगलबार डर्टमण्डको घरेलु मैदानमा भिड्नेछन् ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय