वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
रोनाल्डोले रातो कार्ड देखे, प्रतिक्रियाको साथ आक्रोश निम्त्याउँछ
Prabhu Bank AD

कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदा अल हिलालसँग पराजित हुँदै अल नासर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार भएको खेलमा अल हिलालले अल नासरलाई २–१ गोलले पराजित गरेको हो ।

खेलको ६१ औँ मिनेटमा सालेम अल दावसरीले गोल गर्दै अल हिलाललाई अग्रता दिलाएका थिए । ब्राजिलियन फरवार्ड माल्कमले ७२ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।

निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित बन्यो । इन्जुरी समयमा लिभरपुलका पूर्वफरवार्ड साडियो मानेले गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्न पुग्यो ।

अब अल हिलाले बिहीबार हुने फाइनल खेलमा करिम बेन्जेमाको अल इतिहादको सामना गर्नेछ । टोलीले पहिलो सेमिफाइनल खेलमा अल वेहदालाई २–१ गोलले पराजित गरेको थियो ।

सुपरकपबाट बाहिरिएसँगै रोनाल्डो यो सिजन उपाधि विहीन बन्ने लगभग पक्का भएको छ । उनी सन् २०२३ मा साउदी क्लबसँग आबद्ध भएका थिए । यो सिजन अल नासर घरेलु कपसँगै एसियन च्याम्पिन्यस लिगबाट बाहिरिएको छ भने लिगमा पनि अल हिलालभन्दा १२ अङ्कले पछि परेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय