वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
पीएसजी १२औं उपाधिको लागि दौडिदै
Prabhu Bank AD

पेरिस सेन्ट जर्मन पीएसजीले फ्रेन्च लिग फुटबलको आफ्नो पछिल्लो खेलमा महत्त्वपूर्ण जित हात पार्दै उपाधि चुम्ने सम्भावना बलियो बनाएको छ । पीएसजीले आइतबार राति खेलिएको खेलमा मार्सेलीलाई २–० गोलले हराएको हो ।

जितसँगै पीएसजीले आफ्नो निकट्तम प्रतिद्वन्द्वी ब्रेष्टसँग १२ अंकको अग्रता हासिल गरेको छ । जारी सिजनको लिगमा अब अधिकांश टोलीले सात–सात खेल खेल्नमात्र बाँकी छ । मार्सेलीविरुद्धको खेलमा पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

खेल सुरु भएको ४० औँ मिनेटमा भ्रमणकारी टोली पीएसजीका लुकास बेराल्डो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । पीएसजीले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । निर्धारित समयको ५३औँ मिनेटमा भितिन्हाले पीएसजीका लागि पहिलो गोल गरेका थिए ।

त्यसपछि खेलको ८५औँ मिनेटमा गोनकालो रामोसले टोलीको अग्रता दोब्बर बनाएका थिए । उनी परिवर्तित खेलाडीको रुपमा मैदानभित्र प्रवेश गरेका थिए । पीएसजीसँग पराजित भएपछि मार्सेलीको अपराजित यात्रा पनि १९औँ खेलमा आएर टुंगिएको छ ।

हालसम्म २७ खेल खेलेको पीएसजी ६२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । समान खेलबाट ५० अंक बटुलेको ब्रेष्ट दोस्रो स्थानमा छ । मार्सेली भने २७ खेलबाट ३९ अंक बटुल्दै तालिकाको सातौँ स्थानमा छ ।

पीएसजीसबैभन्दा बढी फ्रेन्च लिगको उपाधि जित्ने क्लब हो । पीएसजीले हालसम्म ११ पटक फ्रेन्च लिगको उपाधि चुमेको छ । पीएसजी नौ पटक उपबिजेता पनि बनेको छ । सर्वाधिक उपाधि जित्ने क्लबको सूचिमा मार्सेली दोस्रो स्थानमा छ । मार्सेलीले १० पटक उपाधि चुमेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय