वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
मेस्सीले जिते तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी
Prabhu Bank AD

वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् ।

इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भए ।

३६ वर्षीय मेस्सीले जुनमा अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीमा सर्नुअघि सन् २०२३ को सुरुवात पेरिस सेन्ट जर्मेन पीएसजीबाट गरेका थिए ।

उनले पीएसजीका लागि सन् २०२३ मा नौ गोल गरे । उनले फ्रेन्च लिग वान् उपाधि जितेका थिए । पीएसजी छाडेर इन्टर मियामी गएपछि उनले अमेरिकामा लिग कप जिते । उनले इन्टर मियामीका लागि ७ खेलमा १० गोल गरे ।

सन् २०१६ मा नयाँ ढाँचामा सुरु भएको यो अवार्ड मेसीले तेस्रो पटक जितेका हुन् । यसअघि उनले सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए । उनले सन् २०१६ र २०२२ मा अवार्डको यो ढाँचा सुरु गरेपछि तेस्रो पटक उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका थिए ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् ।

सिटीका इडर्सनले रियल म्याड्रिडका थिबाउट कोर्टोइस र अल हिलालका यासिन बोनौलाई पछि पार्दै गोलकिपर अवार्ड जितेका थिए ।

सिटीले २०२२(२३ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय