वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बर्नली र लुटन टाउनले अङ्क बाँडे
Prabhu Bank AD

प्रिमियर लिग फुटबलमा बर्नली र लुटन टाउनले बराबरी खेलेका छन् । शनिबार बिहान सकिएको खेलमा दुवै टोलीले एक–एक गोलका बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बर्नलीका लागि जेकी आमदौनी र लुटन टाउनका कार्लटन मोरिसले एक–एक गोल गरे । खेलको ३६औँ मिनेटमा बर्नलीका जेकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको इन्जुरी समयमा लुटन टाउनका मोरिसले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । उता बर्नलीे सुरुवाती अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो ।

जारी लिगमा २१ खेल खेलेको बर्नली १२ अङ्कका साथ अन्तिमबाट दोस्रो १९औँ स्थानमा छ । २० खेल खेलेको लुटन टाउन १६ अङ्क जोडेर १८औँ स्थानमा छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय