वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
आर्मीलाई हराउँदै मधेश प्रदेश ओली कपको उपाधि
Prabhu Bank AD

पोखरामा बिहीबार भएको फाइनलमा राष्ट्रिय खेलाडीले भरिएको आर्मीलाई ११ रनले हराएर मधेश च्याम्पियन बनेको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिता मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि कप्ता विनोद भण्डारीले सर्वाधिक ३२ तथा विवेक यादवले अविजित २५ रन बनाए ।

जित लागि अन्तिम ओभरमा आर्मीलाई २४ रन चाहिएको थियो । जसमा विवेक यादवले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै आर्मीलाई जितको आशा जिवित राखेका थिए ।

तर तेस्रो बलमा उनले सिंगल लिएपछि आर्मीलाई ३ बलमा १३ रन चाहियो । ३ बलमा सोमपालले १ रन मात्र जोड्न सके ।

कप्तान विनोद भण्डारी र सन्तोष कार्कीले आर्मीलाई राम्रो सुरुवात दिलाएका थिए । यो जोडीले पहिलो विकेटका लागि ४।४ ओभरमा ३२ रनको साझेदारी गरेको थियो ।

तर प्रदीप पासवानले सन्तोषलाई एलबीडब्लू धरापमा पारेपछि आर्मीको विकेट जान थाल्यो । त्यसपछि कप्तान विनोदलाई राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले क्रिजमा साथ दिए ।

तर रोहित ११ बल खेलेर ५ रन मात्र बनाई आउट हुँदा आर्मीले ३९ रनमा दोस्रो विकेट गुमायो । ठूलो सट हान्ने चक्करमा रोहितलाई पर्थिक यादवले मायान यादवबाट क्याचआउट गराए ।

त्यसपछि कप्तान विनोद र बसिर अहमदले इनिङस अघि बढाएका थिए । तर ११ औं ओभरमा मधेशका कप्तान हरिशंकर शाहले ३ विकेट लिएपछि आर्मी दबाबमा परेको थियो ।

हरिशंकरले उक्त ओभरमा विनोदसहित बसिर र कुशल मल्लको विकेट लिएपछि आर्मीले ५८ रन हुँदा ५ विकेट गुमायो ।

१३ औं ओभरमा हरिशंकरले नै आर्मीका राजेश पुलामीलाई आउट गरे । आर्मीका लागि भीम सार्कीले एक छेउबाट इनिङ्स सम्हालिरहेका थिए ।

भीमले २१ बल खेल्दै २ चौका र एक छक्कामा २२ रन बनाएर १७ औं ओभरमा आउट भए ।उनलाई प्रदीप पासवानले कट एण्ड बोल्ड गरे ।

त्यसपछि सोमपाल कामी र विवेक यावदले इनिङ्स सम्हाले पनि जिताउन सकेनन् । विवेक २५ र सोमपाल १६ रनमा अविजित रहे ।

मधेशका कप्तान हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्तेर ४ विकेट लिए ।

प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । पर्थिक यादवले ३ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट म‌ैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले विशाल पटेलको आक्रमक ब्याटिङमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

सातौं नम्बरमा ब्याटिङ गरेमा विशाल पटेलले ३२ बल खेल्दै समान ३ चौका र ३ छक्का नटआउट ४९ रन बनाए ।

सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफमाथि सानदार जित निकालेको मधेशले आर्मी विरुद्ध पनि पहिलो ओधरमा ११ रन जोड्दै गतिलो सुरुवात गरेको थियो । तर दोस्रो ओभरमा सोमपाल कामीले ओपनर अनिल साहलाई आउट गरे सेमिफाइनलमा अर्धशतक प्रहार गरेका अनिलले फाइनलमा ६ रन मात्र बनाए ।

अर्का ओपनर तथा कप्तान हरिशंकर शाहले २१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २७ रन बनाए ।

हिमांशु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीका लागि शहाब आलमले उत्कृष्ट बलिङ गर्दै ३ ओचरमा ५ रन मात्र खर्चेर ३ विकेट लिए । जिवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले एक एक विकेट लिए ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय