वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
रोनाल्डोको गोल वर्षा जारी
Prabhu Bank AD

क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले युरो २०२४ को छनोट खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई एकतर्फी खेलमा ५–० गोलले हराएको छ ।
३८ वर्षीय खेलाडीले पाँचौँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २० औँ मिनेटमा उनले दोस्रो गोल थपे । अन्तर्राष्ट्रिय फुटबलमा उनको यो कीर्तिमानी १ सय २७ औँ गोल थियो ।

पहिलो हाफमा गोल वर्षा गरेको पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले २५ औँ मिनेटमा तेस्रो गोल थपे । ३२ औँ मिनेटमा जोआओ क्यानसेलोले चौथो गोल गरे । ४१ औँ मिनेटमा जोआओ फेलिक्सले पाँचौँ गोल गर्दै टोलीलाई शानदार जीत दिलाए ।

शुक्रबार युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान सुरक्षित गरेको पोर्चुगलले छनोटमा शत प्रतिशत नतिजा कायम राख्दै समूह जे शीर्ष स्थानमा कायम रहेको छ ।

आठ खेलमा टोलीले ३२ गोल गरेको छ भने मात्र दुई गोल खाएको छ । यसमा रोनाल्डोले ७ खेलमा ९ गोल गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय