वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बार्सिलोनामा फेलिक्सको गोल वर्षा
Prabhu Bank AD

जोआओ फेलिक्सले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गर्दा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रोयल एन्ट्रपमाथि सहज जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना ५–० गोलले विजयी बनेको हो ।

खेलको २३ मिनेट भित्र नै बार्सिलोनाले ३–० को अग्रता बनाइसकेको थियो । ११ औँ मिनेटमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १९ औँ मिनेटमा उनले रोबर्ट लेवान्डोस्कीका लागि गोलको अवसर सिर्जना गरे । च्याम्पियन्स लिगमा लेवान्डोस्कीको ९२ औँ गोल थियो । लगत्तै जेले बाटिलेले आत्मघाती गोल गरेका थिए ।

दोस्रो हाफमा लेवान्डोस्कीले गाभीका लागि गोलको अवसर सिर्जना गरे । ६६ औँ मिनेटमा फेलेक्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई शानदार जीत दिलाए ।

गत सिजन बेल्जियन लिग जित्दै पहिलोपटक च्याम्पियन्स लिग खेलेको एन्ट्रप बार्सिलोनाको आक्रामक खेलसामु निरिह बनेको थियो । समूह एचकै अन्य खेलमा पोर्टोले शाख्तार डोनेस्कलाई ३–१ ले हरायो । पोर्टो र बार्साको समान ३ अंक रहेको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय