वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बेलिङह्यामको गोल वर्षा जारी
Prabhu Bank AD

जुड बेलिङह्यामले यो सिजन आफ्नो गोलवर्षा जारी राख्दा मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले फर्ममा रहेको स्कटल्याण्डलाई उसैको मैदानमा पराजित गरेको छ ।

घरेलु मैदानमा खेलिएका पछिल्ला २० खेलमा स्कटल्याण्डको यो मात्र दोस्रो पराजय थियो । मंगलबार भएको खेलमा इंग्ल्याण्ड ३–१ गोलले विजयी बनेसँगै स्कटल्याण्डको लगातार ६ वटा जीतमा पनि पूर्णविरामसमेत लागेको छ ।

खेलको ३२ औँ मिनेटमा कायल वाकरको पासमा फिल फोडेनले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । तीन मिनेटपछि नै बेलिङह्यामले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ६७ औँ मिनेटमा ह्यारी म्यागवायरले आत्मघाती गोल गरेपछि स्कटल्याण्डका लागि केही आशा पलाएको थियो । तर, ८१ औँ मिनेटमा बेलिङह्यामले कप्तान ह्यारी केनका गोलको अवसर सिर्जना गरेपछि स्कटल्याण्ड खेदमा फर्किने सम्भावना समाप्त भएको थियो ।

सबै प्रतियोगितामा इंग्ल्याण्डको यो ६ सयौँ जीत थियो । अन्तर्राष्ट्रिय फुटबलमा यो कोशेढुंगा हासिल गर्ने इंग्ल्याण्ड पहिलो युरोपियन टोली हो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय