वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
पोर्चुगलले युरो २०२४ को छनोट खेलमा फर्नान्डेजको गोल
Prabhu Bank AD

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले आफ्नो जन्मदिनमा निर्णायक गोल गर्दा पोर्चुगलले युरो २०२४ को छनोट खेलमा स्लोभाकिलाई हराएको छ । छनोटमा पोर्चुगलको लगातार पाँचौँ जीत हो ।

शुक्रबार २९ वर्ष पुगेका फर्नान्डेजले पहिलो हाफको अन्त्यतिर बर्नार्डो सिल्भाको पासमा उत्कृष्ट गोल गरे । फर्नान्डेजले क्रिस्टियानो रोनाल्डोका लागि गोलको अवसर पनि सिर्जना गरेका थिए । तर, भेटरान फरवार्ड सो अवसरमा चुकेका थिए ।

जीतसँगै पोर्चुगल ५ खेलबाट पाँचैमा जीत हासिल गर्दै १५ अङ्कसहित समूह जेको शीर्ष स्थानमा रहेको छ । स्लोभाकिया १० अङ्कसहित दोस्रो स्थानमा छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय