वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
हलान्डले प्रिमियर लिगमा बनाए कीर्तिमान
Prabhu Bank AD

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हल्यान्डको नाममा अर्को एउटा कीर्तिमान लेखिएको छ । प्रिमियर लिगको म्यानचेस्टर सिटी र फुलह्यामबीचको खेलपछि हल्यान्डले उक्त कीर्तिमान बनाएका हुन् ।

उक्त खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ५—१ गोलले हराएको थियो । खेलमा २३ वर्षीय हल्यान्डले तीगोलकोन योगदान गरेका थिए । त्यसपछि उनले इङ्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो ५० गोल (गोल गर्ने र गोलका लागि पास उपलब्ध गराउने) को कीर्तिमान बनाएका हुन् ।

हल्यान्डले ३९ खेलमा यस्तो कीर्तिमान बनाएका हुन् । यसअघि उक्त कीर्तिमान एन्डी कोलको नाममा रहेको थियो । कोलले ४३ खेलमा यस्तो कीर्तिमान बनाएका थिए । फुलह्याकविरुद्वको खेलमा जुलियन अल्भारेजलाई पहिलो गोल गर्न पनि हल्यान्डले नै पास उपलब्ध गराएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय