वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
रोनाल्डोको १ सय ९९ औँ खेलमा पोर्चुगल विजयी
Prabhu Bank AD

क्रिस्टियानो रोनाल्डोको १ सय ९९ औँ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलले बोस्यिना–हर्जगोभिनामाथि सहज जीत हासिल गर्दै युरो २०२४ को छनोटमा आफ्नो विजयी यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ३–० गोलले विजयी बन्यो ।

पहिलो हाफको अन्त्यतिर ब्रुनो फर्नान्डेजको पासमा बर्नाडो सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७७ औँ मिनेटमा फर्नान्डेजले टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा फर्नान्डेजले अर्को गोल गर्दै टोलीलाई सहज जीत दिलाए ।

यसअघि ३८ वर्षीय रोनाल्डोले पहिलो हाफमा गरेको गोल अफसाइड भन्दै रद्द गरिएको थियो । रोनाल्डोले हालसम्म अन्तर्राष्ट्रिय खेलहरुमा कीर्तिमानी १२२ गोल गरेका छन् । गत मार्चमा खेलिएका दुई छनोट खेलहरुमा उनले चार गोल गरेका थिए । जीतसँगै समूह जीमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । टोलीले हालसम्म तीनवटै खेल जितेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय