वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
एसीसी प्रिमियर कपमा वर्षाका कारण फेरि रोकियो नेपाल र कुवेतबीचको खेल
Prabhu Bank AD

काठमाडौं। जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण फेरि स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको हो ।

खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।

यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३।२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको तर, लगातार पानी परेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय