वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
पेनाल्टी सुटआउटमा ब्राजिल स्तब्ध, क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश
Prabhu Bank AD

क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

२००२ मा पछिल्लो पटक जित हासिल गरेपछि उपाधिविहीन हुँदै आएको ब्राजिल २० वर्षपछि उपाधि पुनः कब्जा गर्ने योजनामा थियो । तर पेनाल्टीमा ब्राजिल अभागी सावित भयो ।

 

Prabhu Bank AD

सम्बन्धित खवर