लिओनेल मेसीको अर्जेन्टिना यात्राको अन्तिम अध्याय सकिएको छ। मंगलबार राति बेनिनविरुद्धको खेलसँगै २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरलाई पूर्णविराम लगाएका मेसीले मैदानबाट बिदाइ लिँदा अर्जेन्टिनासामू अब एउटा भावुक प्रश्न उभिएको छ—मेसीपछि राष्ट्रिय टोलीको चर्चित १० नम्बरको जर्सी कसले लगाउनेरु
अहिले अन्तर्राष्ट्रिय मिडियाको संकेत हेर्दा यसको सबैभन्दा अगाडि देखिएको नाम हो—निको पाज।
स्पेनको चर्चित खेल पत्रिका एएसले पाजलाई मेसीको सम्भावित उत्तराधिकारीकै रूपमा प्रस्तुत गरेको छ। बोलिभियाविरुद्धको खेलमा गोल र असिस्ट गर्दै प्रभावशाली प्रदर्शन गरेका पाजले त्यसपछि बेनिनविरुद्ध मेसीकै पासमा गोल गरे।
मेसीले दिएको बललाई नियन्त्रण गर्दै पासले गरेको सुन्दर फिनिसिङलाई धेरैले संयोगभन्दा बढी—एक पुस्ताबाट अर्को पुस्तामा ‘१० नम्बर’को जिम्मेवारी हस्तान्तरणको संकेतका रूपमा हेरे।
अझ रोचक कुरा, मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलअघि नै अर्जेन्टिनाका समर्थकबीच गरिएकोको सर्वेक्षणमा पनि पास स्पष्ट रूपमा अगाडि थिए।
२५ हजारभन्दा बढी मतमध्ये उनले ५१।४१ प्रतिशत मत पाएका थिए। दोस्रोमा एन्जो फर्नान्डेज १५।०३ प्रतिशतसहित थिए भने एलेक्सिस म्याक एलिस्टर ७।५१ प्रतिशतमा रहे। फ्रान्को मास्टान्तुओनोले २।९३ र थियागो अल्माडाले २।५८ प्रतिशत मत पाए।
ीबहmष् दबलप
पाजलाई समर्थन गर्ने अर्को बलियो संकेत अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजबाट आएको छ। बोलिभियाविरुद्ध पासले उत्कृष्ट प्रदर्शन गरेपछि उनको सामाजिक सञ्जाल पोस्टमा उनले ‘न्यु नम्बर १०रु’ भन्दै प्रतिक्रिया दिएका थिए। त्यो एउटा छोटो प्रश्न भए पनि अर्जेन्टिनाको फुटबलमा त्यसको अर्थ निकै ठूलो बन्यो।
दतिभाटमभघद्धटठबदठद्धभाठ(ज्ञठढज्ञघछढघद्दढ।धभदउ
तर पाज एक्ला दाबेदार भने होइनन्। फ्रान्को मास्टान्तुओनो, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, थियागो अल्माडा, लाउतारो मार्टिनेज र जुलियन अल्भारेज पनि सम्भावित विकल्पका रूपमा चर्चामा छन्। विशेषगरी मास्टान्तुओनोसँग एउटा अतिरिक्त तथ्य छ—मेसी अनुपस्थित रहेको खेलमा उनले यसअघि नै अर्जेन्टिनाको १० नम्बर लगाइसकेका छन्।
ल्अभिि
तर पाजको पक्षमा सबैभन्दा ठूलो कुरा उनको खेल्ने शैली र उमेर हो। उनी आक्रमण सिर्जना गर्न सक्छन्, मिडफिल्ड र फ्रन्टलाइनबीच जोडिन सक्छन् र विपक्षी रक्षालाई व्यक्तिगत कौशलबाट पनि चुनौती दिन सक्छन्। कोमोका लागि १० नम्बर लगाउने पाज अहिले अर्जेन्टिनाको नयाँ पुस्ताको सबैभन्दा चम्किलो सिर्जनशील खेलाडीमध्ये एक बनेका छन्।
यता, मेसीको १० नम्बरलाई सधैंका लागि रिटायर गर्ने चर्चा पनि चलेको थियो। तर फिफाका प्रतियोगितामा टोलीले १ देखि २६ सम्मका जर्सी नम्बर प्रयोग गर्नुपर्ने नियम भएकाले अर्जेन्टिनाले आधिकारिक प्रतियोगितामा १० नम्बर खाली राख्न सक्दैन। त्यसैले कुनै न कुनै दिन त्यो जर्सी नयाँ खेलाडीको शरीरमा देखिने निश्चित छ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्कालोनीले अहिलेसम्म अन्तिम निर्णय घोषणा गरेका छैनन्। उनले मेसीको बिदाइसम्म १० नम्बर अरू कसैलाई नदिने र त्यसपछि निर्णय गर्ने बताएका थिए।
तर मेसीको अन्तिम खेलमा भएको एउटा दृश्यले बहसलाई झन् रोचक बनाएको छ—मेसीको पास, पासको गोल र त्यसपछि दुवैबीचको आलिङगन।
सायद अर्जेन्टिनाको फुटबलले चाहेको उत्तर त्यही दृश्यमा लुकेको छ।


