वि.सं.२०८३ जेठ १० आइतवार
Dish Home Long Ad
सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड
Prabhu Bank AD

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेल्टा भिगोलाई ५-२ गोलअन्तरले हराउँदै रियल अघिल्लो चरणमा प्रवेश गरेको हो ।

रियलको जितमा एन्ड्रिक फेलिपेले दुई गोल गरे भने किलियन एमबाप्पे, भिनिसियस जुनियर र फेडेरिको भालभर्डेले एक(एक गोल गरे । सेल्टाका जोनाथन बाम्बा र मार्कस एलोन्सोले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो

खेलको ३७औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियलले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ४८औं मिनेटमा भिनसियसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफ सकिन लाग्दा सेल्टाले दुई गोल फर्कायो ।

८३औं मिनेटमा बाम्बा र इन्जुरी समयमा एलोन्सोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काए । निर्धारित समयको खेल २(२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयमा रियलले थप तीन गोल गर्‍यो । १०८औं मिनेटमा एन्ड्रिकले गोल गर्दा ११२औं मिनेटमा भालभर्डे र ११९औं मिनेटमा एन्ड्रिकले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल ५-२ को जितसहित क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय