वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
एसीसी महिला यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध यसरी भयो नेपालको ऐतिहासिक जित
Prabhu Bank AD

 

काठमाडौ । १९ वर्षमुनिको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पूजा महतोको अलराउन्ड प्रदर्शनमा पाकिस्तानलाई पहिलोपटक पराजित गरेको छ।
मलेसियामा सोमबार भएको एसीसी महिला यू–१९ एसिया कपमा नेपाल पाकिस्तानविरुद्ध ६ विकेटले विजयी भएको हो। क्वाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाएको यो जित नेपालका लागि पाकिस्तानविरुद्ध पहिलो हो।

पाकिस्तानले २० ओभर खेल्दै ५ विकेट क्षतिमा १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।
नेपालका लागि साना प्रवीनले १०, सावित्री धामीले ८, पूजा महतोले ४७, सोनी पाख्रिनले १३ रन बनाइन्। ज्योत्स्निका मरासिनी शून्य रनमा आउट हुँदा सिमानाले १२ रन जोडिन्।

बलिङतर्फ पाकिस्तानकी फातिमा खान र महनुर जेबले समान १ विकेट लिए। बाँकी ३ बलरले नेपालको विकेट झार्न सकेनन्। त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कोमल खानले ३८, फिज्जा फियाज ०, रवाइल फरहान १३, अरिशा अन्सारी १, महाम अनीस २९, जुफिशान आयाज १२ र फातिमा खानले ६ रन बनाएका थिए।

बलिङतर्फ नेपालले पाकिस्तानको ५ विकेट झारेको थियो। नेपालका लागि पूजा महतोले २, रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिँदा अनु कडायत र कृश्मा गुरुङले विकेट झार्न सकेनन्।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय