जनकपुरधाम । आन्दोलनरत साझा जागरण अभियान किसान संगठनको पक्राउ परेका सात जना कार्यकर्ताहरु धरौटीमा रिहा भएका छन् । गत १९ गते बाराको कोलवी नगरपालिका—१० मा भूमाफियाले हडपेको सयौ बिघा खेतमा रोपाई गर्न पुगेका सयौ अभियान्ता स्थानीय किसानलाई प्रहरीले पक्राउ गरेको थियो ।
रिहा भएपछि प्रतिक्रिया दिदै प्रदेश संयोजक प्रकाश चौधरीले आफुँहरुको आन्दोलन निरन्तर जारी रहने बताए । “सार्वजनिक जग्गा अतिक्रमण रोक्नु राज्यको दायित्व हो । तर हामीले उल्टो आन्दोलन मार्फत भूमाफियासँग लड्नु परेको छ, जुन दुःखद कुरा हो ।” त्यस्तै अभियानका जिल्ला संयोजक कंचन पासवानले आफँुहरुलाई राज्यले संरक्षण गर्नुभन्दा माफियाहरुलाई साथ दिएको गुनासो गरे ।
त्यसैगरि रिहा भएका प्रदेश प्रवक्ता तथा एसटिपि खवरका सम्पादक सिकिन्दर कुसवाहले आफुँहरुमाथि सार्वजनिक मुद्धा लाएर प्रहरी प्रशासनले भूमाफिलाई मनोवल बढाउने काम गरेको आरोप लगाए । उनले बारा जिल्लामा रहेको हजारौ बिघा जमिन भूमाफियाले बेचिरहेकोले उक्त जग्गालाई जनताको े मातहतमा ल्याएरै छाड्ने बताए ।
पक्राउ परेका प्रकाश चौधरी, कंचन पासवान, सिकिन्दर कुसवाह, श्रीचन्द्र चौधरी, सीमा तिमिल्सिना गौतम, राजकुमारी पासवान र शान्ति कुमारी कुसवार माझी रहेका छन् । उनीहरु १० दिनपछि जिल्ला प्रशासन कार्यालय बाराबाट सात हजारको दरले धरौटीमा छुटेका हुन् ।
जागरण अभियानका केन्द्रीय संयोजक राजेश विद्रोहीले उक्त घट्नाको सम्बन्धमा एक विज्ञप्ति निकालेर निन्दा गरेका थिए । आफ्ना कार्यकर्तालाई विनाकारण प्रहरी प्रशासन र माफिया मिलेर दुःख दिने गरेको भन्दै आगामी दिनमा यस प्रकारका कार्य नदोहो¥याउन सचेत गराए । ———

