वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
Prabhu Bank AD

 

 

सिरहा, १५ पुस : श्रमिक महिला सञ्जाल सिरहाले दैनिक ज्यालादारीमा आश्रित (अनौपचारिक क्षेत्र)का मजदुरको जीविका र रोजगरिको हक सुनिश्चित गर्न भन्दै पाँच बुदे मागसहित आइतबार सिरहाको १७ वटै स्थानीय पालिकाहरुमा ज्ञापनपत्र बुझाएको छ ।

दलित जनकल्याण युवा क्लवको आयोजना तथा ‘एक्सन एड नेपाल’को सहयोगमा सिरहाको लहानमा शनिबार र आइतबार गरि दुई दिन चलेको श्रमिक महिलाको सवालमा स्थानीय तथा प्रदेश सरकारको भूमिका विषयक प्रदेश स्तरीय सम्मेलन कार्यक्रमको निर्णय अनुसार महिला सञ्जाल सिरहाले उक्त ज्ञापनपत्र यहाँका स्थानीय पालिकाको प्रतिनिधिमार्फत स्थानीय पालिकामा पेश गरेको हो ।

महिला सञ्जाल सिरहाको अध्यक्ष सोनिया कुमारी सदायले अनुसार तीनै तहको सरकारले मजदुरको हितमा कुनै ठोस पहल नगरेको आरोप लगाउनुभयो । “स्थानीय तहका जनप्रतिनिधिहरु दोस्रो कार्यकालको करिव दुई वर्ष वितिसक्दा पनि श्रमिकको पक्षमा कुनै ठोस पहल गरेको देखिएन । अनौपचारिक क्षेत्रका मजदुरको दैनिक जीविका दिनानुदिन संकटमा परिरहेको छ”सदायले भन्नुभयो,“नेपालका संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ मा व्यवस्था भएअनुसार श्रमिकको वास्तविक तथ्यांक संकलन तथा न्यूनतम ज्याला दररेट तोक्नु पर्ने जस्ता विषयमा ध्यान दिओस् ।”

ज्ञपनपत्र ग्रहण गर्दै लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले श्रकिकको उचित ज्यालाको व्यवस्था गर्नु राज्यको दायित्व भएकाले आफ्नो पालिकामा मजदुरको पारिश्रमिकमा कुनै भेदभाव नगरिएको बताउँनुभयो । पालिकामा श्रम डेस्कको व्यवस्था गरि बेरोजगारिको निम्ति काम गरिरहेको पनि उहाँले जानकारि दिनुभयो ।

पालिकामा श्रम सूचना केन्द्रको स्थापना, श्रम डेस्क, न्यायोचित ज्याला, स्वास्थ्य बीमा, मजदुर परिचयपत्र लगाएतका बिभिन्न पाँच बुदे मागहरु श्रमिक महिला सञ्जाल सिरहाले माग गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय