वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
जागरण अभियानले मनाए(२०२३)नयाँ वर्षको वनभोज कार्यक्रम
Prabhu Bank AD

जनकपुर । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२३ को उपलक्ष्यमा वनभोज कार्यक्रम मनाएका छन् ।

सप्तरीको खडक नपा-५ मा रहेको खुदीबखारी सामुदायिक बनमा आयोजित वनभोज कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्ला तथा सिरहा सप्तरीका स्थानीय तहका नेतृत्वहरुको समेत उपस्थितिमा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

वनभोज कार्यक्रममा दुईसयभन्दा बढीको उपस्थिति रहेको गंगा सदाले जानकारी दिएका छन् । उनले भने, सबै तहका निर्वाचन सकेपछि अबको भावी दिनमा जागरणले समाजमा कसरी नयाँ उचाइकासाथ काम गर्ने भने विषयलाई फेरि पनि जोड्ने कामको सुरुवात भएको बताए । कार्यक्रममा उपस्थित चन्द्र नारायण रामका अनुसार बनभोज कार्यक्रम भर्खरै सम्पन्न तीनै तहको निर्वाचन र अंग्रेजी नयाँ वर्षबाट नयाँ कामको थालनी गर्ने संकेत समेत रहेको बताएको छ ।

कार्यक्रममा विभिन्न पार्टीसँग आवद्ध दलित अगुवा तथा अन्य स्वतन्त्र बौद्धिक व्यक्तित्वहरुको समेत उपस्थित रहेको पार्वती चौधरीले जनाएकी छन् । कार्यक्रममा जागरणका केन्द्रीय संयोजक राजेश विद्रोहीको पनि उपस्थिति रहेको थियोे । वनभोज कार्यक्रम भव्यताकोसाथ सम्पन्न भएको बबिता सदाले जनाए ।

Prabhu Bank AD

सम्बन्धित खवर