सप्तरी । मंसिर २६ गते राति ८ बजे त्रिमूर्ति ईटा भट्ठाबाट काम गरेर साइकलमा घर फर्किरहेका बोदेबरसाईन नगरपालिका २ का ४० वर्षीय अमिन सदालाई दक्षिण तर्फबाट आइरहेको प्र १-०२-४५ प ४६०० नम्बरको मोटरसाइकले स्थानीय बैरिया चौकमा ठक्कर दिँदा सदाको उपचारको क्रममा पुष ३ गते विहान ४ बजे धरानको घोपा अस्पतालमा मृत्यु भएको छ ।
मोटर साईकल चालक बोदेबरसाईन नगरपालिका – ७ हैठीको उपेन्द्र यादवको छोरा अन्दाजी वर्ष ४० को नविन यादव रहेको प्रहरीले बताएका छन् । साइकलमा सबार सदा काम गरेर उतरबाट दक्षिणतर्फ घर फर्केका थिए भने मोटर साईकल दक्षिणबाट उतरतर्फ दुर्तगतिमा आइरहेको थियो । राति रहेको कारण दुर्तगतिमा रहेका मोटरसाइकल चालक यादवले साइकलमा ठक्कर हानेका थिए । ठक्करबाट सदाको टाउको अनुहार लगायत शरिरभरी गम्भीर चोट लागेका थिए । टाउको अनुहारमा थुप्रै टाका लागेका थिए । पैसा अभावको कारण अस्पतालले डिस्चार्ज गरेर फर्काएको मृतकी श्रीमती टिलिया देवी सदाले बताईन् ।
बिरामी घर आइसकेपछि शुक्रबार देखि श्वासप्रश्वास बढेपछि मोटर साईकल चालकको आफन्तलाई उपचारको लागि फोन सम्पर्क गरेका थिए तर उनीहरुले आफूहरू उपचार गर्न नसक्ने भनेपछि सदाले जेनतेन एम्बुलेन्स गरेर धरान अस्पताल लगेका थिए तर भोलिपल्ट विहान सदाको उपचारको क्रममा मृत्यु भएको बताए । उनले आँशु बगाउँदै भनिन्, उपचारको अभावको कारण श्रीमानको मृत्यु भयो । ४ छोराछोरी छन् कसरी बचाउने ? कमाउने घरको अभिभावक नै यो संसारमा नरहेपछी जीवन बाँच्नै नसकिने कुरा भावविह्वल हुँदै बताईन । उनले थपिन्, दोषीलाई हदैसम्मको कार्वाही हुनुपर्छ ।
आइतबार धरानको प्रहरी चौकीमा उजुरीपछि लास पोस्टमार्टम गरेर घर ल्याईएको छ । परम्परा अनुसार आज सोमबार दाहसंस्कार गर्ने स्थानीय उर्मिला देवी सदाले बताईन् ।

