काठमाडौ । सिराहामा मोटरसाइकलको ठक्करबाट एकवृद्धको निधन भएको छ । गोलबजार नगरपालिका–३ का ७८ वर्षीय कमलबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
आज बिहान सोही नगरपालिका–२ गुरुधाम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा उनलाई प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । प्रहरीका अनुसार गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो ।
दुर्घटनापछि मोटरसाइकल र चालक विमलकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


