वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
जवर्जस्त करणीको उजुरी परेपछि जनमत पार्टीका सचिव वीपी साह निलम्बित
Prabhu Bank AD

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सचिव बीपी साहलाई निलम्बन गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कारको मुद्दा दर्ता भएपछि अनुशासन समिति संयोजक ई. नरेन्द्रप्रसाद चौधरीले स्पष्टीकरण सोधेर निलम्बन गरेका हुन्।

पत्रमा भनिएको छ, तपाईंविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दाको उजुरी परेको र भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनुषाबाट सूचना जारी भएकाले सो विषयमा तपाईँलाई कारबाही किन नहुनु पर्ने हो ७ दिनभित्रमा स्पष्टीकरण दिनुहुन अनुरोध छ।’

सो मुद्दा छिनोफानो भएर निर्दोष सावित नभएसम्म अनुसन्धानको प्रक्रियाभर पार्टी सचिवालय सदस्य तथा साधारण सदस्यबाट निलम्बन रहने उत्रमा उल्लेख छ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय