वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
अस्पतालमाथि प्रसूति शुल्क रु ७४ हजारको आरोप लागेपछि …
Prabhu Bank AD

सिरहा, ३ कात्तिक ः सिरहाको गोलबजार नगरपालिका—२ गुरुधामकी सीता महतो गत असोज २५ गते गोलबजारस्थित उत्तिम लाल मेमोरियल अस्पतालमा सुत्केरी हुनुभयो । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालले बिरामीलाई रक्त अलपता (एनेमिया) भएकाले प्रसुती गराउन समस्या भएको हुँदा अन्यन्त्र लैजान सुझाब दिएपछि आफन्तले सीतालाई गोलबजारको उक्त निजी अस्पतालमा लगेका थिए ।

लामो समयको प्रसव पीडा पश्चात जन्मिएको बच्चामा अक्सिजनको कमिले निलो जन्मिएको थियो । अस्पतालको चारदिनको उपचारले बच्चामा सुधार आयो । पाँच दिनको दिन अस्पतालले आमा र बच्चाको ‘डिस्चार्ज’ दियो । अस्पतालले रू ७४ हजारको बिल थमाएपछि अस्पताल र बिरामी पक्षबीच लफडा सुरु भयो ।

बिरामी पक्षले अस्पतालको शुःल्क निकै महङ्गो भएकाले छुट गरिदिन आग्रह गरेपछि अस्पतालले रू १४ हजार छुट गरि प्रसुती शुःल्क, एसएनसीयु बेड चार्ज र औषधी उपचार गरि जम्मा रू ६० हजारको बिल थमायो । त्यसपछि बिरामी पक्षले रू १० हजार बाँकी राखेर ५० हजार रुपैयाँ अस्पताललाई बुझाई सुत्केरी आमा र बच्चा लिएर गए ।

तर असोज ३० गते केही सञ्चारमाध्यममा उक्त अस्पतालले प्रसुती गराएबापत मोटो रकम असुली गरेको समाचार आएपछि आज (शनिबार) अस्पतालले पत्रकार सम्मेलन गरि उक्त समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल सञ्चालक डा. सुशीला सिंहले अस्पतालमाथि लगाइएको आरोपहरू पूर्णत गलत, अतिरञ्जित, र भ्रामक रहेको बताउनुभयो ।


“सुत्केरी हुन सीता कुमारी महतो लहान प्रादेशिक अस्पतालबाट रेफर गरेर गम्भीर अवस्थामा अस्पताल ल्याइएकी थिइन् । उनलाई लामो समयदेखि प्रसव पीडा भएको र बच्चा जन्माउन निकै कठिन भएको थियो । खतरा मोलेर डाक्टरहरूको टोलीले अन्ततः सफलतापूर्वक सामान्य प्रसव गराउन सफल भएतापनि बच्चा जन्मिएपछि शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएकाले आईसीयूमा राखेर उपचार गरिएको थियो”, डा. सिंहले भन्नुभयो,“नवजात शिशुको पाँच दिनसम्म एनआईसीयूमा राखी थप उपचार गरिएको थियो । चौथो दिनमा शिशुलाई नियोनेटल जण्डिस देखिएको र त्यसको उपचार फोटोथेरापीबाट गरिएको थियो । यो सबै प्रक्रियाले लागेको न्युनतम शुःल्क हो यो ।”

अन्य अस्पतालमा बिरामी लगेको भए लैजादै गर्दा बिरमीको मृत्यु हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको उहाँको भनाई थियो । त्यस्तै अन्य निजी अस्पतालले यती सेवा गरेबापत एक लाख भन्दा बढी लिने उहाँले दाबी छ । डां सिंहका अनुसार अस्पतालले बिरामीको आर्थिक अवस्थालाई ध्यानमा राखि छुटसहित रू ६० हजार रुयाँमा सहमति गरिएको थियो । त्यसको बाबजुत अस्पतालको छवी धमिल्याउने उद्देश्यले अस्पतालमाथि आक्षेप लागाइएको उहाँले आरोप लगाउनभयो ।

बिरामीका परिवारले बाँकी रकम तिर्न आलटाल गरिरहेको बताउँदै डा. सिंहले उक्त रकम चाँडो बुझाउन अनुरोध गर्नुभएको छ । यसक्रममा अस्पतालका कर्मचारीमाथि हातपात समेत भएको भन्दै डां सिंहले अस्पतालविरुद्ध फैलाइएको गलत सूचना र आरोपको भ्रममा नपरी सत्य तथ्य बुझेर मात्र धारणा बनाउन आग्रह गर्नुभयो ।

अस्पतालले राज्यद्वारा निर्देशित सेवा–सुविधाहरूको पालना गर्दै आएको र जनताको स्वास्थ्य सेवामा निरन्तर काम गरिरहेको जानकारी दिएको छ । १५ शैयाको अस्पताललाई ५० शैयाको बनाउने प्रक्रियामा रहेको पनि अस्पतालले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय