सिकिन्द्र कुशवाहा/बिरगंज १ जेठ । बाराको सिम्रौनगढ नगरपालिकामा साझा जागरण अभियानले विरोध प्रदर्शन गरेका छन् । कंचन पासवानको नेतृत्वमा जागरण अभियानले नगर परिक्रमा गरी कोणसभामा परिणत गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै अभियानका अभियानता प्रकाश चौधरीले, देशमा गरिब दलित समुदायमाथि भइरहेको राज्य अपराध सरकारले अविलम्ब बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले भने, अहिलेको लोकतान्त्रिक राज्य व्यवस्था पनि जनहितमा छैन् । यसलाई जनहीतमा कायम गर्न जनता जाग्नुपर्ने आजको आवश्यकता भएको बताए ।
अर्का अभियानता तथा पत्रकार सिकिन्द्र कुशवाहाले, सरकार हरेक क्षेत्रबाट जनतालाई आतंकित पार्ने र दमन शोषण गर्ने अभियानमा लागेको आरोप लगाए । उनले थपे, यो ठूलो बैधानिक राज्य अपराध हो । भूमिहीन सुकुम्बासी तथा लघुवित सरकारले योजनाबद्ध रुपमा नागरिकलाई दोहण गर्न जन्माएको बताए ।
यस्तै अभियान कंचन पासवानले, तीनै तहको सरकार सर्वसाधारण नागरिकको हितमा नभएर मुठ्ठीभर शोषकको हितमा रहेकोले यसलाई नागरिकले आफ्नो भोट मार्फत नफेरिए मुलुकको दुर्दशा झन विकराल हुने बताए । आन्दोलनले आफ्नो विभिन्न माग राखी सबै निकायलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
ज्ञापनपत्रमा नगरपालिकाले पुस्तौंदेखि सार्वजनिक र गुठी जग्गामा बसोबास गर्दै आएको दलित गरिब भूमिहीन सुकुम्बासीहरुलाई स्थानीय सरकारले व्यवस्थित गर्नुभन्दा सता/शक्तिको बलमा उठिबास लगाउने कार्य अविलम्ब बन्द गर्न चेतावनी दिएका छन् । यस्तै लघुवितहरुले गाउँघरमा महिला समूह गठन गरी मिटरव्याजभन्दा पनि चर्को ब्रहम्लुट गरिरहेकोले लघुवित अविलम्ब खारेज गर्न समेत माग गरेका छन् । अभियानका केन्द्रीय संयोजक राजेश विद्रोहीले हाम्रो कार्यक्रम केन्द्रीय योजना अनुसार देशैभरी चलिरहेको बताए ।

