वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
सप्तरी ४ बाट राजेश विद्रोहीको ठाउँमा विसेन्द्र पासवान पनि लड्ने
Prabhu Bank AD

सप्तरी । बौद्धिक युवा व्यक्तित्व तथा राजनीतिक विश्लेषक राजेश विद्रोही सप्तरी क्षेत्र ४ बाट चुनाव लड्ने पहिले घोषणा गरिसकेको छ । अरु राजनीतिक दल र नेताहरुले भने अहिलेसम्म आफ्नो उमेदवारी घोषणा गरिसकेको अवस्था छैन् । टिकेट लफडाको कारण उनीहरुले आफ्नो नाम सार्वजनिक गर्न नसकेको जसपाका स्थानीय नेता भाग्य नारायण यादवले जानकारी गराए ।

तर सो क्षेत्रमा बौद्ध व्यक्तितब तथा समाजिक अभियानता राजेश विद्रोहीले आफू जनताको इच्छा अनुसार स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गरेपछि विद्रोहीको चर्चा चुनावी क्षेत्रमा बढेपछि अर्का दलित पार्टीका नेता बहुजन शक्ति पार्टीका अध्यक्ष विसेन्द्र पासवानले पनि सप्तरी ४ र सिरहा ४ बाट आफू चुनाव लड्ने भने कुरा उसले समाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

यता पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसको तर्फबाट यसअघि दुईपटक देखि चुनाव जित्दै आएका तेजुलाल चौधरी र देउवा गुट नजिक मानिएका सुरेन्द्र यादव बीच कसले टिकेट पाउने भने कुराको छिनोफानो भएको छैन् । यता नेकपा एमालेबा डा. शंकरलाल चौधरी लड्ने कुराको चर्चा पनि हुन थालेको छ । तर यस क्षेत्रमा यतिबेला राजेश विद्रोहीको चुनावी क्रेज बढेर गएको कुरा पाण्डव चौधरीले बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर