वि.सं.२०८३ कात्तिक ७ शुक्रवार
Shivam
Dish Home Long Ad
TaTa
भक्तपुरको गुण्डुमा प्रहरी किन परिचालित ?

काठमााडौ । प्रहरीको एउटा टोली भक्तपुरको गुण्डु क्षेत्रमा परिचालन गरिएको छ । एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको युवा संघको आशंका छ । शोभा पाठक प्रकरणमा बस्नेतलाई नियन्त्रणमा लिन टोली उनको निवास भक्तपुरको गुण्डु क्षेत्रतर्फ मुभ भइसकेको श्रोतले बतायो ।

बस्नेत सामाजिक सञ्जालमा पछिल्लो समय सरकारको चर्को आलोचना गर्नेमध्येका एक देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका अति निकटस्थ मानिएका उनलाई शोभा पाठकको जाहेरीको आधारमा पक्राउ गर्न खोजिएको भनिएको छ ।

यसबारे प्रहरी अधिकारीहरुले केही बताएका छैनन् । जनआस्था प्रतिनिधिले बस्नेतसँग गरेको टेलिफोन प्रयास पनि सफल हुन सकेको छैन ।

Agni

सम्बन्धित खवर