वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
Prabhu Bank AD

सिरहा, २ असोज ः समुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न लहानका सरोकारवाला निकायहरु सक्रिय भएका छन् । सरकारको ठुलो लगानी रहेको सामुदायिक विद्यायलको गुणस्तर खस्कीएको भन्दै सुधारका लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक अविभावकहरु आगामी दिनमा यसलाई सुधार गर्न लागिपरेका हुन ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार गरि आम विद्यार्थी तथा अविभावकको विश्वास जित्नुपर्ने लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोको भनाई छ । उपप्रमुख महतोको कार्यकक्षमा आज दलित जनकल्याण युवा क्लवले आयोजना गरेको सार्वजनिक शिक्षा सुधारका लाग सरोकारवालाबीच अन्तर संवाद कार्याक्रममा आफ्नो धारणा राख्दै उपप्रमुख महतोले शिक्षा क्षेत्रमा नगरपालिकाले उल्लेख्य लगानी गरेतापनि सुधार प्रयाप्त नभएको बताउनुभएको हो ।

“राम्रा भनिने निजी विद्यालयले दिने शिक्षाको गुणस्तरभन्दा कम नहुँनेगरि नगरभित्रका सबै सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावको आकर्षणको केन्द्र बनाउने नगरपालिकाको योजना छ । त्यसको लागि विद्यालयका भौतिक संरचना निर्माण देखि कम विद्यार्थी संख्या भएको विद्यालयको हकमा विद्यार्थी बढाउनेतर्फे ध्यान दिइरहेको छौँ”, उपप्रमुख महतोले भन्नुभयो, “त्यसका लागि हामीले शिक्षा क्षेत्रमा प्रयाप्त लगानी गरेका छौँ । यसले शैक्षिक क्षेत्रमा केही सुधार देखिएतापनि त्यो प्रयाप्त छैन ।” त्यसैगरि उपप्रमुख महतोले परिणाम निस्कनेगरि काम गर्नको लागि सबै सरोकारवाला पक्षलाई आह्वान समेत गर्नुभयो ।

लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । तर यहाँका दलित तथा विपन्न समुदायका अविभावकहरुको सचेतिकरणको अभावमा कतिपय विद्यालयमा विद्यार्थी संख्या उपस्थिति न्यून हुँने गरेको अवकासप्राप्त प्रधानाध्यापक नेपाली साहको भनाई छ । उहाँले सामुदायिक विद्यालयको व्यवस्थापन पक्षलाई ध्यान दिई सरोकारवाला पक्षबीच सहकार्य र समझदारी गरि शैक्षिक सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकास्तरिय शिक्षा सरोकार मञ्चका संयोजक समेत रहनुभएका साहले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगाएतका बालबच्चा सामुदायिक विद्यायलयमा अनिवार्य भर्ना गर्नुपर्ने नीति बनाउन नगरपालिकालाई आग्रह समेत गर्नुभयो ।

त्यसैगरि नगरपालिकाका शिक्षा प्राविधिक सहायक अमिरी कुमार यादव, प्रधानाध्यापक मनोज यादव र उद्धव हमालले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सम्पूर्ण सरोकारवालाहरु एकजुट भई समुदाय स्तरमा अभिभावक सचेतिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई व्यवहारिक र प्रविधिमैत्री बनाउनका लागि एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र प्रति कक्षा पङ्खाको अवधारणा लागू गर्न आर्थिक वर्ष २०७९÷८० मा ६ करोड र चालू आर्थिक वर्ष २०८०÷८१ मा आठ करोड विनियोजन गरेको गरेको छ । त्यसैगरि एक विद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत एक सय २५ जना स्वयम् सेवक शिक्षक भर्ना गरेको छ ।

दलित जनकल्याण युवा क्लवका प्रतिनिधि राजकुमार पासवानले आफुँहरुले ‘एक्सन एड नेपाल’ सँगको साझेदारीमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय तह तथा सरोकारवालाहरुबीच समन्वय र सहकार्य गरिरहेको जानकारी दिनुभयो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय