वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
स्थानीय तह निर्वाचनमा परिवारतन्त्र हाबी : सीपी गजुरेल
Prabhu Bank AD

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न देशभक्त जनगणतान्त्रिक मोर्चाले माग गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उहाँले यसबीचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरि पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभइ सरकारले विभिन्न करहरू जोडेका कारण मूल्यवृद्धि भएको उहाँले बताउनु भयो । अध्यक्ष गजुरेलले मूल्यवृद्धि फिर्ता गरी जनतालाई राहत दिइनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो– ‘हिसाब गर्दा के देखिन्छ भने ९ अर्ब २० करोड रुपैयाँ त महिनैपिच्छे यिनीहरूले आयल निगमबाट नाफा खाँदा रहेछन् । त्यो बोझ ग्राहकहरूलाई दिन्छन् । त्यसो हुनाले यो अन्यायपूर्ण छ । त्यसकारण यो तुरुन्त खारेज हुनुपर्छ भन्ने हामी माग गर्न चाहन्छौँ । हामी देशभक्त जन गणतान्त्रिक मोर्चाको तर्फबाट जोडदार के माग गर्न चाहन्छौ भने जहाँ अहिले बढेको छ, त्यसैलाई फिक्स गरेर छोडिदिने होइन, पहिलेकै ठाउँमा हुनुपर्छ । फिर्ता हुनुपर्छ । जति पनि यो बिचमा बढेको छ त्यो सबै फिर्ता भएर जनतालाई राहत दिनुपर्छ भन्ने हामी माग गर्न चाहन्छौँ ।’

बुधबार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले स्थानीय तह निर्वाचनमार्फत जनताले वास्तविक लोकतन्त्रको अनुभूति गर्न नसकेको बताउनु भयो । कतिपय ठाउँमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्दा कारबाही गरिनुले लोकतन्त्र नभई दलतन्त्र भएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘लोकतन्त्रमा त पार्टीहरूका बीचमा प्रतिस्पर्धा हुन्छ । उनीहरुले चुनावी घोषणापत्र निकाल्छन् । त्यो घोषणापत्रको आधारमा मतदाताहरूले निर्णय गर्छन् । कुन पार्टी ठिक छ भन्ने । त्यसपछि त्यही अनुसार उनीहरुले भोट हाल्छन् । तर प्रतिस्पर्धा नै छैन यहाँ । अनि के लोकतन्त्र भयो यो ? आफ्नो पार्टीको मान्छेले आफ्नै चुनाव चिन्हमा भोट हाल्दा खेरी कारबाही गर्नुप¥यो । म रुख चिन्ह लिन्छु भन्दा कयौंलाई कारबाही ग¥यो । प्रचण्डहरूले त्यसैगरी हँसिया हथौडावालालाई कारबाही गरे । यो कुन प्रकारको लोकतन्त्र हो ? को उम्मेदवार बन्छ भन्ने अधिकार कसलाई दिने ? नेतालाई दिने । यो लोकतन्त्र होइन, यो दलतन्त्र भयो ।’

अध्यक्ष गजुरेलले निर्वाचनमार्फत जनताले विकल्प खोजेको पनि विश्लेषण सुनाउनु भयो । जनताले पुराना पार्टी र नेताहरूलाई विश्वास नगरेका कारण स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका उहाँको भनाई थियो । उहाँले भन्नुभयो – ‘मान्छेले आफ्नो असन्तुष्टि विभिन्न ढङ्गबाट व्यक्त गरेका छन् । र यो चुनावमा त्यो अभिव्यक्त भएको छ । किन एउटा अपरिचित मान्छेलाई मान्छेले उम्मेदवार बनाए भने यो पुराना ठुल्ठूला पार्टीहरू, त्यहाँका नेताहरू माथि जनताको विश्वास छैन अब त्यही कुरा बुझिन्छ । त्यसै हुनाले त अर्को नयाँ मान्छे चाहियो । उनीहरु माथि विश्वास छैन । त्यसो भएर ठाउँ ठाउँमा स्वतन्त्र उम्मेदवारहरू विजय भइराखेका छन् । यसको अर्थ जनताले विकल्प खोजेको छ । यो नेतृत्वले हुँदैन । यो पार्टीले हुँदैन भन्ने कुरा जनताले अभिव्यक्ति दिएका छन् ।’

उहाँले स्थानीय तह निर्वाचनमा परिवारतन्त्र हाबी भएको पनि टिप्पणी गर्नुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चाले बढ्दो महँगी नियन्त्रण गर्न र एमसीसी लगायतका सम्पूर्ण राष्ट्रघाती सन्धि, सम्झौताहरू खारेज गर्न पनि माग दोहो¥याएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर