कटारी । उदयपुर कटारी नगरपालिका–११, हर्देनी गोठडाँडाँमा एकजनाको चट्याङ लागेर मृत्यु भएको छ । आज विहान ८ बजेतिर हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर ५५ बर्षीया भक्तमाया बुढाथोकीको निधन भएको स्थानीय जानबहादुर राउतले जानकारी दिनुभयो ।
गाइँभैसीको गोठमा घासपात गरेर फर्किने क्रममा चट्याङ लागेर घरको बलेसीमा बेहोस अवस्थामा लडिरहेको भेट्टाएर तत्कालै कटारी अस्पतालमा पु¥याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।
सोही चट्याङबाट घाइते हुनुभएकी ८० बर्षीय वृद्धको अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।
मृतक बुढाथोकीको पोस्टमार्टमपछि कटारीमै अन्त्यस्टीको तयारी गरिएको छ ।
हर्देनी, गोठडाँडा, गहुँबारी, काफलडाँडाँ लगायतको त्यस भेगमा चट्याङका हिसाबले जोखिमयुक्त क्षेत्र मानिन्छ । यसअघि पनि चट्याङ लागेर मृत्यु भएका तथा घाइते भएका स्थानीय राउत बताउँछन् ।

