वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
चैत लागेयता पाँचपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि : पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ
Prabhu Bank AD

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिका कारण नेपालमा चैत लागेयता पाँचपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । आयल निगमले १ चैत, ११ चैत, १७ चैत, १९ चैत र २६ चैतमा इन्धनको भाउ बढाएको हो । जसकारण महिना दिनयता मात्रै पेट्रोल ६२ रुपैयाँ, डिजेल र मट्टीतेल समान ६५ रुपैयाँ तथा हवाई इन्धन एक सय ३० रुपैयाँ प्रतिलिटर महँगिएको छ भने खाना पकाउने एलपी ग्यास एक सय रुपैयाँ प्रतिसिलिन्डर बढेको छ ।

मूल्यवृद्धिपछि पेट्रोल दुई सय १९ रुपैयाँ, डिजेल र मट्टीतेल समान दुई सय सात रुपैयाँ तथा हवाई इन्धन दुई सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीले भर्ने हवाई इन्धनको भाउ पनि प्रतिकिलोलिटर आठ सय १९ डलरले वृद्धि भएर १७ सय ८५ डलर प्रतिकिलोलिटर पुगेको छ ।

मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको सबैलाई विदितै छ । यस परिस्थितिमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन नसक्दा निगमको घाटासमेत अप्रत्याशित रूपमा बढ्न गई वित्तीय अवस्था कमजोर हुन पुगेको छ ।

यसरी निगमको वित्तीय अवस्था धरासायी हुँदै जाँदा पेट्रोलियम पदार्थ खरिद गरेबापतको इन्डियन आयल कर्पोरेसनलाई गर्नुपर्ने भुक्तानीसमेत गर्न नसक्ने अवस्था सिर्जना भई आपूर्ति शृंखला नै अवरुद्ध हुन सक्ने सम्भावना उच्च भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन केही समययता मूल्यवृकिो सहारा लिइएको छ ।

निगमले आपूर्ति शृंखलालाई नियमित गर्न सरकारबाट प्रदान गरिएको कर छुटबाट बचत भएको रकम र निगमको मूल्य स्थिरीकरण कोषमा जम्मा भएको रकमबाट बुधबार मात्रै इन्डियन आयल कर्पोरेसनलाई २६ अर्ब ८६ करोड भुक्तानी गरिएको छ । अबको १३ दिनपछि आइओसीलाई भुक्तानी गर्न पुनः १६ अर्ब ३७ करोड रकम व्यवस्थापन गर्नुपर्ने बिहीबार रातिबाट लागू हुने गरी पुनः मूल्य समायोजन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो । उक्त मूल्यवृद्धि पनि निगमलाई पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड घाटा हुने देखिन्छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर