वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
युरोपा लिगको उपाधि फ्रान्कफर्टलाई
Prabhu Bank AD

युरोपा लिगको उपाधि फ्रान्कफर्टलाई

इंग्लिस क्लब रेन्जर्सलाई पेनाल्टीमा हराउँदै जर्मन क्लब फ्रान्कफर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार राति फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ अन्तरले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो । ​फ्रान्कफर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बन्यो । यसअघि खेलको ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए । ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफर्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

Prabhu Bank AD

सम्बन्धित खवर