वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
‘कृष्णसेन इच्छुक जनपक्षीय पत्रकारितामा कसरी मार्गदर्शक’ बन्न सके ?
Prabhu Bank AD

 

काठमाडौं । जनपक्षीय पत्रकार, कवि तथा साहित्यकार कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवसको सन्दर्भ पारेर आयोजित तीन दिवसीय आधारभुत तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बरिष्ठ पत्रकार तथा तालिमका मुख्य प्रशिक्षक इन्द्र राउतले महान सहिद कृष्णसेन इच्छुकलाई आम जनपक्षीय पत्रकारिताको मार्गदर्शक भएको बताउनु भयो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेको आजको स्थितिमा कृष्णसेन इच्छुकले जनपक्षीय पत्रकारिताको क्षेत्रमा निर्वाह गर्नुभएको ऐतिहासिक भुमिका र देखाउनु भएको बाटोलाई जनपक्षीय पत्रकारहरुले अनुशरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिदै कृष्णसेन इच्छुक जनपक्षीय पत्रकारहरुको मार्गदर्शक भएको बताउनु भयो ।

वर्गदृष्टि साप्ताहिकका हाँले भन्नुभयो, “शब्द र कर्मको तादाम्यता, उच्च आदर्शयुक्त जनपक्षीय मूल्यबोध र सर्वहारा श्रमजीवी वर्गको मुक्तिको पक्षधरता, आस्था र निष्ठाप्रति समर्पित जीवन मुल्यबोध इच्छुकबाट जनपक्षीय पत्रकारहरुले सिक्नुपर्ने विषयवस्तु हुन् ।”
कार्यक्रमका प्रमुख अतिथि घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधुकर थापाले कृष्णसेन इच्छुकले देश र जनताको पक्षमा कमल चलाउँदा जीन्दगीभर दुःखकष्ट सहनु परेको, जेल नेल र हत्कडी हुँदै अन्ततः अमुल्य जीवन नै बलिदान गर्नु परेको भन्दै उहाँको जीवन र कर्मबाट नवोदित पत्रकारहरुले धेरै कुरा सिक्नु पर्ने कुरा बताउनु भयो ।

उहाँले इच्छुकको २२ औ स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको पत्रकारिता तालिमका सहभागीहरुले इच्छुकको शब्द र कर्मको इतिहासको अध्ययन गर्न पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, फोनिजका उदयपुर अध्यक्ष ईश्वर मगरले पनि इच्छुकले नेपाली जनपक्षीय पत्रकारिताको आन्दोलनमा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

घरेलु तथा साना उद्योग, उदयपुरको आयोजना र घरेलु तथा साना उद्योग महासंघको समन्वयमा आयोजित पत्रकारिता तालिमको अध्यक्षता नरेन्द्र पराजुली र सञ्चालन कृष्ण घिमिरेले गर्नुभएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर