वि.सं.२०८३ कात्तिक ११ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म आमहडतालको घोषणा गरेको छ। उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले पत्रकार सम्मेलन गरी आमहडतालको घोषणा गरेका हुन्।
टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलालाई नै जेठ २ मा सर्वोच अदालतले पनि सदर गरेको थियो। सर्वोच्चले तल्लो तहका अदालतको फैसला सदर गरेसँगै उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले जन्मकैदको सजाय भोग्नुपर्ने भएको छ।
यस फैसलाको विरोधमा उन्मुक्ति पार्टीले पाँचदिने आमहडतालको घोषणा गरेको हो। पत्रकार सम्मेलनमा उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष पण्डितले टीकापुर घटनालाई राजनीतिक तवरबाट टुङ्ग्याउनुपर्ने माग गरे। टीकापुर घटना राजनीतिक आन्दोलनका क्रममा भएकाले यसलाई राजनीतिक तवरबाटै समाधान निकाल्नुपर्ने उनको भनाइ थियो।
उन्मुक्ति पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रममा जेठ ३ देखि ५ गतेसम्म देशभर राँके जुलूस प्रदर्शन गर्ने तय गरिएको छ। त्यसपछि जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने जनाएको छ।
उन्मुक्ति पार्टी अध्यक्ष समेत रहेकी सांसद रञ्जिता श्रेष्ठ सरकारमा सहभागी छन्। श्रेष्ठले भूमि सुधार मन्त्रालय सम्हालिरहेकी छन्।

Agni

सम्बन्धित खवर