वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
डेढ वर्षीया बालिकाको अपहरण, बलात्कार र हत्या
Prabhu Bank AD

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी डेढ वर्षीया बालिका शुक्रबार साँझ साढे ६ बजे घरदेखि १५० मिटर पर झाँडीमा अचेत अवस्थामा फेला परिन्। ‘शरीर रगतले भिजेको अवस्था रहेछ। यौनांगबाट रगत बगेको अवस्थामा उद्धार गरेर अस्पताल पुर्‍याइएको पाइयो,’ जिल्ला प्रहरी कार्यालय मोरङ एसपी जनार्दन जिसीले भने। अस्पताल पुर्‍याएको केही समयमा नै चिकित्सकले मृत घोषणा गरेको र उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको उनले बताए।

बालिकाको सोही स्थानका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा दुवै जना पक्राउ परेका छन्। एसपी जिसीका अनुसार बालिका र आरोपितको घर डेढ किलोमिटरको दूरीमा पर्छ। अजय अपहरण मुद्दामा जेल बसेर गत मंसिरमा मात्रै छुटेका थिए। जिसी भन्छन्, ‘सामान्य मानिसले यस्तो घटना गराउन सक्दैन। घटना सुनियोजित देखिन्छ।’ अजय गाँजा, चुरोटलगायत अन्य लागूऔषध दुव्र्यसनी रहेको प्रहरीको भनाइ छ। असामान्य अवस्थाका देखिने मिथुन उन दाजु हुन्।

अजयकै योजनामा दाजुभाइ मिलेर यस्तो अपराध गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘अजयले करिब डेढ महिनाअघि देखि नै बालिकालाई निगरानी गरेको देखिन्छ। गाँजा खाएपछि उनी स–साना बालिकाको खोजि गर्दै हिँड्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी जिसीले भने। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार दुवै आरोपितलाई सार्वजनिक गरेको छ। प्रहरीका अनुसार ती दुवै जनाले बालिकालाई ललाइफकाइ घरबाट नजिकैको झाडीमा लगेका थिए। आरोपितलाई शनिबार बिहान उनीहरूकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर