वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
फागुन १५ गतेसम्म दल दर्ताका लागि निर्वाचन आयोगको आव्हान
Prabhu Bank AD

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि नै दल दर्ता आह्वान गरेको हो । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार बिहीबारदेखि फागुन १५ गतेसम्म आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने छ । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय