वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
कांग्रेस नेताहरूको सहयोगको निरंतरता: फेरि आयो रोल्पा अस्पताल र लुङ्ग्री गापामा स्वास्थ्य सामाग्री
Prabhu Bank AD

रोल्पा– नेपाली काँग्रेस रोल्पाले रोल्पा अस्पताल, रोल्पालाई तीन थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । नेपाल चिकित्सक संघको सहयोगमा नेविसंघका पूर्व महामन्त्री एवम् कांग्रेसका युवा नेता मनोजमणी आचार्यको सहजीकरणमा प्राप्त स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेस रोल्पाकी प्रवक्ता कविता उपाध्यायले उक्त स्वास्थ्य सामाग्री रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शबु काफ्लेलाई हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रवक्ता उपाध्यायले प्राप्त स्वास्थ्य सामाग्रीले उपचारमा थप मद्दत पुग्ने अपेक्षा लिएको बताएकी छिन् । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शबु काफ्लेले सबैको सामुहिक प्रयासबाट मात्रै कोभिडलाई परास्त गर्न सकिने बताउदै स्वास्थ्य सामाग्री प्रदान गर्ने नेपाल चिकित्सक संघ र सहजीकरण गर्ने नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो । हस्तान्तरण कार्यक्रममा रोल्पा अस्पतालका मेडिकल अधिकृत डा.प्रकाशबहादुर बुढामगर, लेखा अधिकृत मोतिराज न्याैपाने, नेपाली लेखक संघका केन्द्रीय सदस्य अधिवक्ता दामु मर्सिफूल, नेविसंघ रोल्पाका अध्यक्ष शेरवहादुर थापा, साझा विद्यार्थी संघ जलजला बहुमुखी क्याम्पसका अध्यक्ष योगेन्द्र अनुपम जिसी, नेपाल तरुण दल रोल्पाको सदस्य तिलक के सी लगायतको सहभागिता रहेको थियो । त्यस्तै लुङ्ग्री गाउँपालिकामा पनि दुई थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल चिकित्सक संघको सहयोगमा दुई थान अक्सिजन कन्सन्ट्रेटर र नेपाली कांग्रेसका दिवंगत नेता स्व. नबिन्द्रराज जोशीज्यूद्वारा संचालित “घर दैलो कोभिड १९ सूचना तथा सेवा अभियान” को पुन: संचालन अभियान उहाकी धर्मपत्नी सपना जोशीद्वारा उपलब्ध गराइएको स्यानीटाइजर, सर्जिकल माक्स, वासेवल माक्स र सिटामोल हस्तान्तरण गरिएको हो । पूर्व महामन्त्री एवम् युवा नेता आचार्यले यो संकटको सामाना गर्न सबैले आआफ्नो ठाउँबाट जेजति सकिन्छ सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर