वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
चन्द्र भण्डारीको उपचारमा कुनै कमी नहोस् : रवि लामिछाने
Prabhu Bank AD

 

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता र उनकी आमा हरिकला भण्डारीलाको उपचारमा कुनै कमी हुन नदिन भनी निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार बिहान फोन गरेका हुन।

गएराति घरमै ग्यास सिलिन्ड विस्फोट हुँदा नेता भण्डारीका आमा–छोरा गम्भीर घाइते भएका छन्। अहिले उनीहरूको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा भइरहेको छ भने थप उपचारका लागि भारत लाने तयारी गरिएको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफूले प्रधानमन्त्री प्रचण्डलाई फोन गरी उनीहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेको जानकारी दिएका हुन्।

‘प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मादेखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्दछु’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्रीज्यूलाई पनि विनम्र अनुरोध गरेको छु।’

त्यस्तै उनले आफ्नो सिंगो पार्टीका तर्फबाट पनि भण्डारीका आमा९छोराको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ

Prabhu Bank AD

सम्बन्धित खवर