वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
नेपाली काङ्ग्रेस रोल्पा/दाङ सम्पर्क समिति सभापतिमा रसाइली सर्वसम्मत चयन
Prabhu Bank AD

दाङ,चैत्र ९
नेपाली काङ्ग्रेस रोल्पा/दाङ सम्पर्क समिति सभापतिमा धनबहादुर रसाइली सर्वसम्मत चयन हुनुभएको छ।आइतबार सम्पर्क समिति गठनका लागि नेपाली काङ्ग्रेस पार्टी कार्यालय दाङमा बसेको दुई जिल्लाका पदाधिकारीहरुको भेलाले २५ सदस्यीय समितिको सभापतिमा रसाइलीलाई निर्विरोध चयन गरेको हो।कार्यक्रममा पुर्बमन्त्री तथा केन्द्रीय सदस्य दीपक गिरी,पुर्व राज्यमन्त्री तथा संविधान सभा सदस्य अमरसिंह पुन,राष्ट्रिय सभा सदस्य अनिता देवकोटा,पुर्व संसद राजु खनाल लगाएतको उपस्थिति रहेको थियो।नेपाल तरुणदलको केन्द्रिय पार्सद समेत रहनु भएका रसाइली रोल्पाका दलित समुदायको आशाको ढुकढुकी रहनु भएको छ।यतिमा मात्र सिमित नभएर सहयोगी,मिजासिलो र सरल स्वभावका कारण समितिको सभापतिमा सर्वसम्मत चयन हुन सफल हुनुभएको नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सभापति जनक पुनको भनाई रहेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर