वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
सहिद दिवसको उपलक्ष्यमा भोक हडताल र दीप प्रज्वलन
Prabhu Bank AD

माघ १६ । काठमाडौं बसन्तपुरको हनुमानढोकामा राष्ट्रिय सहिद दिवसको अवसरमा सांकेतिक भोक हडताल सुरु भएको छ ।

दलित अगुवा राजेश विद्रोही र खगेन्द्र सुनारले सुरु गरेको सांकेतिक भोक हडतालमा दलित समुदाय सम्बन्धि ८४ बुँदा माग समेत राखिएको छ ।

सहिदमा पनि जातीय विभेदको आधारमा ब्यवहार हुने गरेको खगेन्द्र सुनारको भनाइ छ । यस बिचमा विभिन्न नाममा हत्या गरिएका दलित समुदायलाई समाजिक सहिद घोषणाको माग पनि अगाडि सारेको बताए । उनले थपे, हामीले दिनभर भोक हडताल बसेर साँझ सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरी सहिद दिवस सफल पार्ने हो ।

सुनार र विद्रोही विगत दुई वर्षदेखि सिमान्तकृत दलित समुदायको हकहित र संरक्षणका लागि साझा जागरण अभियान चलाउँदै आएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर