काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु विक्रि वितरण गर्दै आएको DHi ले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।
नेपाली वजारमा लामो समयदेखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पुर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो ।

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई विस्तारसंगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको Sandmartin International Holding Limited लाई Technology Partner को रुपमा भित्राउन DHi सफल भएको छ । यो सम्झौता पश्चात DHi टेक्नोलोजी र नेपालमा विद्यतीय उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

