वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
शहरी विकासको जिम्मा भ्रष्टाचारी ठेकेदारलाई, श्रम मन्त्रालायको जिम्मा म्यानपावर व्यवसायीलाई
Prabhu Bank AD

काठमाडौं । ‘दुधको साक्षी बिरालो’ भनेझैँ भौतिक संरचना तथा भवन निर्माणको नेतृत्व गर्ने शहरी विकास मन्त्रालयको जिम्मा ‘ठेकेदार सांसद’ विक्रम पाण्डेले पाएका छन् । पूर्वपञ्चहरुको पार्टी राप्रपाका नेतासमेत रहेका ठेकेदार पाण्डेलाई सो पार्टीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्री नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला चितवन–३ बाट निर्वाचित पाण्डेले भ्रष्टाचार कसूरमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

शहरी विकास मन्त्रालय आफैँ महत्वपूर्ण विकासे मन्त्रालय हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा उक्त मन्त्रालयअन्तर्गतको योजना हात पारेको छ । आजदेखि मन्त्री र ठेकेदार दुवै एकै व्यक्ति हुने अवस्था आएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गत ७ पुसमा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनको नागरिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । लामिछानेमाथि आफूविरुद्ध परेको मुद्दा प्रभावित गर्नकै लागि गृहमन्त्री बनेको आरोप लागेको छ ।

कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेलाई पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी शहरी विकास मन्त्री बनाइएपछि प्रधानमन्त्री प्रचण्डको समेत आलोचना हुन थालेको छ ।

उता रवि लामिछानेले श्रम मन्त्रालयको जिम्मा म्यानपावर व्यवसायीलाई दिएको भन्दै चर्को विरोध भइरहेको छ ।
लामिछानेले पार्टीमा सल्लाह नै नगरी एकलौटीरुपमा मेनपावर व्यवसायीलाई श्रम मन्त्री बनाएकोमा विवाद चर्किएको बताइन्छ । समानुपातिक सांसद अर्याललाई क्याबिनेट मन्त्री बनाउँदा प्रत्यक्ष चुनाव जितेकी र विषय विज्ञसमेत रहेकी कार्कीलाई राज्यमन्त्रीमा थनक्याइएकोमा घन्टीका मतदाताहरु सामाजिक सञ्जालमा आगो भएका छन् ।ू

आफ्नालागि गठबन्धनमा बार्गेनिङ्ग गरेर सलामी खाने मन्त्रालय हात पारेका लामिछानेले मेनपावर व्यवसायीलाई श्रम मन्त्री बनाएका हुन् । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका रास्वपाका नेता डोलप्रसाद अर्याल सृष्टि ओभरसिज प्रालिका सञ्चालक हुन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर