सप्तरी २२ पुस । नेपालका वरिष्ठ उद्धमी तथा व्यवसायी कृष्ण आचार्य र सीता आचार्य द्वारा एकसय घरपरिवार गरिब दलित तथा विपन्न परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।
सप्तरीको खड्क नगरपालिका-७ का कल्याणपुर बजारको रजैया धाँती टोल, शेर्पा टोल, मझौ टोल, मुसहर्निया टोल र वडा – ४ को अमहा गाउँमा गरेर जम्मा १५० घरपरिवारलाई न्यानो कपडा वितरण गरेका छन् ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक पत्रकार तथा समाजेवी राजेश विद्रोही मार्फत आएको सो न्यानो कपडा गाउँका अति विपन्न तथा गरिब परिवारलाई वितरण गरेको सचिन सदाले जानकारी दिएका छन् । अरु दिनमा पनि यस्तो मानव सेवा गर्दै जाने आचार्य परिवारले जनाएका छन् ।

