वि.सं.२०८३ वैशाख २ बुधवार
Dish Home Long Ad
सिरहाको कारागारबाट बुबा छोरा दाहसंस्कारमा
Prabhu Bank AD

लहान, सिरहा । कारागारमा रहेका बुबा छोरा प्रहरीको रोहबरमा दाहसंस्कारमा सहभागी भएका छन् ।

सिरहाको लहान नपा- ५ का रामदेव यादव र छोरा दिपेन्द्र यादव दाहसंस्कारमा सहभागी भएका हुन् । लागु ओषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५५ वर्षीय रामदेव यादवको श्रीमती र छोर वर्ष २५ को दिपेन्द्र यादवको आमाको शुक्रबार राती मृत्युु भएपछि दाहसंस्कारमा आएका थिए ।

यादव परिवार निकै गरिब र सुकुम्बासी परिवारका हुन् । आर्थिक अभावका कारण उपचार गराउन नसक्दा आमाको मृत्यु भएको दिपेन्द्र यादवले बताए । आफूहरू पनि आर्थिक समस्याकै कारण अहिलेसम्म पुर्पक्षमा बुबा छोरा कारागार बस्नु परेको बताए । गत वर्ष भदौ ३ गते लहान प्रहरीले सुराकीको आधारमा घरमा लागु ओषध रहेको थाहा पाएपछि घरबाटै बुबा छोरालाई पक्राउ गरेका थिए । तर लागु ओषधी भने उनीहरुको साथमा थिएन । अरु कसैले फसाउने उदेश्यले आफ्नो बारीमा लागु ओषध राखेको कारण श्रीमान र ससुरालाई पक्राउ गरी मुद्दा चलाएको दिपेन्द्रको श्रीमती इन्द्रवतीको भनाइ छ ।

इन्द्रवतीले आँशु झार्दै भनिन्, कसले कुन कारणले यसरी श्रीमान् र ससुरालाई फसाएको थाहा भएन । हामी बुहारी मान्छे थाहा भएन । दुबैजना अभिभावक नै कारागार चलान भएपछि हामी गरिब परिवार कता जाऊ ? के गरौं ? कसरी बाँचौ भन्ने अवस्थामा रहेको बताइन् । कसैले पहल गरिदिए आभारी हुने बताइन् । उनले थपिन्, सासुको मृत्युपछि आर्थिक अभावले गुजारा टार्ने समेत समस्य भयो । आफू पनि अरुको घरमा भाडा मस्काएर जीवन निर्वाह गर्नु परेको पनि बताइन् ।

Prabhu Bank AD

सम्बन्धित खवर