वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
प्रभु साहले बनाए नयाँ पार्टी
Prabhu Bank AD

 

काठमाडौँ । नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट चुनाव लडेका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । साहको अध्यक्षतामा बिहीबार काठमाडौंमा विस्तारित बैठकले ुआम जनता पार्टीको अन्तरिम विधान(२०७९ु पारित गर्दै सोबमोजिम साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गरिएको हो । बैठकले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जसमेत तोकेको बैठकपछि विज्ञप्तिमार्फत जनाएका छन् ।

 


प्रदेश १ को इन्चार्जमा रामप्रित राम, अध्यक्षमा हरिप्रसाद पोखरेल, मधेस प्रदेशमा इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा श्रीचन मुखिया, वाग्मती प्रदेशमा इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा नाम्गेल मोक्तान, गण्डकी प्रदेश इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा राजन यादवलाई जिम्मेवारी दिइएको छ ।

 

यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा रितादेवी यादव, अध्यक्षमा परमानन्द बर्मा, कर्णाली प्रदेश इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा सियाराम कुश्वाहा र सुदूरपश्चिम इन्चार्ज कुन्द्र कुश्वाहा र अध्यक्षको जिम्मेवारी केशव राय चौधरीले पाएका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर