वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपालमा
Prabhu Bank AD

काठमाडौं । केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल आएको छ। पूर्वसम्भाव्यता अध्ययन भइसकेको आयोजनाको विस्तृत अध्ययन गर्न सोमबार चीनबाट विज्ञ टोली नेपाल आएको हो।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले चिनियाँ विज्ञ र विभागसँगको समन्वयमा अध्ययन अगाडि बढाइने जानकारी दिए।


‘कोभिड लगायतको कारणले पूर्वसम्भाव्यता अध्ययनपछि रेलमार्गको विषयमा प्रगति हुनसकेको थिएन । यो प्रोजेक्ट प्राविधिक रुपमा चुनौतीपूर्ण रहेको छ। निर्माणको चरणमा जाँदा कुनै समस्या नआउने गरी अध्ययन गर्छ। चिनियाँ टोलीले भौगोलिक भूबनोट, टनेलिङ, भूकम्पको जोखिम लगायतको विषयमा अध्ययन हुने चित्रकारले बताए।
बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत निर्माण गर्नेगरी नेपालले चीनसँग प्रस्ताव गरेको नौ विकास परियोजनामा केरुङ–काठमाडौ रेलमार्ग पनि एक हो।

गत मार्चमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा चीनले रेलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता दिने सम्झौतामा हस्ताक्षर भएको थियो।

नेपालका तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदा चिनियाँ विदेशमन्त्रीले चिनियाँ विज्ञ टोली पठाउने बताएका थिए। चीनले सम्भाव्यता अध्ययनको लागि अनुदान दिने घोषणा गरेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर