काठमाडौं । प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६३ सिटको नतिजा सार्वजनिक भएको छ। पछिल्लो समय स्याङ्जा–२ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अब २ क्षेत्रको परिणाम मात्र आउन बाँकी रहेको हो। स्याङ्जा–२ मा कांग्रेस उपसभापति गुरुङ विजयी भएका छन् । अब बाजुरा र दोलखाको नजिता आउन बाँकी छ। त्यहाँ मत गणना जारी छ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ अहिलेसम्म ५६ सिटका साथ नेपाली कांग्रेस पहिलो स्थानमा छ भने एमाले ४४ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा छ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टी, नेपालले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टीले १ र स्वतन्त्रले
५ सिट जितेका छन् ।

