वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
आईएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीहरुमा सम्मानित
Prabhu Bank AD

काठमाडौं । आईएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीहरुमा सम्मानित भएको छ । समग्र रेमिट्यान्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७–७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको हो । आन्तरिक राजस्व विभागद्वारा ‘राष्ट्रिय कर दिवस २०७९’ का अवसरमा आयोजित विशेष समारोहबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मान ग्रहण गरेको बताइन्छ ।

सन् २००१ मा स्थापित आइएमईले रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । त्यस्तै, विदेशी मुद्रा बैंकिङ सञ्जालमार्फत नेपाल भित्र्याउने कार्यको थालनी गर्ने प्रमुख श्रेय पनि आइएमईलाई नै जान्छ ।

आईएमईले विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गर्दै आएको छ । आइपीओमा जाने तयारी गरिरहेको उक्त कम्पनी सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा यसअघि पनि पटकपटक सम्मानित भइसकेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर