चीनले बारुद पत्ता नलगाउन्जेल संसारभर हाते हतियारबाट गुथ्थम गुथ्थाको लडाइँ हुन्थे। तरबार, खुँडा, खुकुरी, धनु, भाला लगायतका हाते हतियारले नै संसारको सुरक्षा धानेको थियो। बारुदको आविष्कारपछि यसको शक्तिले बन्दुकका गोली र तोपका गोला उडाएर टाढाटाढा मार गर्न थाल्यो। यसको विकासक्रमले आज अन्तरदेशीय र अन्तरमहादेशीय मार गर्ने सक्ने क्षेप्यास्त्रसमेत बनिसके। एउटै बमले लाखौँ मान्छे मार्छ। पछिल्लो दर्दनाक उदाहरण दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको नागासाकी र हिरोसिमामा खसालेको दुइवटा एटम बम हुन्।
अर्को शब्दमा भन्नुपर्दा मानव सिर्जित संसारको भयानक पहिलो आतंकवाद थियो त्यो। आजको दिनसम्म पनि यो अभिलेख रहिरहेको छ। युद्धकला र युद्ध सामग्री उत्पादनमा अमेरिकी भूमिका अग्रणी छ। सेना र युद्ध सामग्री नै अमेरिकी पहिचान र विश्व शक्ति बन्ने पहिलो आधार हो। विशेष गरी दोस्रो विश्व युद्धताका अमेरिकाको युद्ध लक्षित आर्थिक रणनीतिले ठूलो सफलता पायो। युद्धकै समयमा राष्ट्रलाई धन कमाउन सक्नु नै युद्ध लक्षित अर्थ रणनीति हो।
सन् १९३९(४५ सम्मको दोस्रो विश्व युद्धमा मात्र अमेरिकाले विश्वलाई आफ्ना युद्ध सामग्री बेचेर र सैनिक सहयोग गरेर युद्धग्रस्त संसारबाट अथाह धन आर्जन गर्यो। सो युद्ध अवधिमा अमेरिकाले देशभित्र झन्डै १७ देखि २० मिलियन रोजगारी दिने कलकारखाना खोली ९६ प्रतिशत अर्थात शतप्रतिशत औद्योगीकरण गर्न सफल गयो। त्यो बेलादेखिको आर्थिक शक्तिले उचाइको गति लिँदालिँदा आजको दिनसम्म आइपुगेको छ। अमेरिकामा बसोबास गर्न लालायित संसारका जनतालाई मनन गर्ने हो भने अमेरिका यो कलियुगको स्वर्ग बनेको छ भन्नुमा अत्युक्ति नहोला।
अर्को कुरो विश्वको एक मात्र शक्तिशाली राष्ट्र हुन अमेरिकाले धेरै ठूलो धनजनको क्षति पनि व्यहोरेको छ। केही कुरो पाउन खोज्दा केही कुरो गुमाउनु पर्छ नै। दोस्रो विश्व युद्धपछिको सन् १९६८ को अमेरिकी(भियतनाम युद्धमा मात्र झन्डै ५९ हजार अमेरिकी सेना मारिए, सन् २००८ मा अमेरीकी नेसनल अरकाइब एण्ड रेकर्ड एडमिनेष्ट्रेसनको आँकडा अनुसार।
सन् १९९१ को पहिला गल्फ वारमा २८५ जना, इराक युद्धमा करिब ७ हजार अमेरिकी सेना मारिए। पछिल्लो पटकको अफगानिस्तानमाथि गरिएको अमेरिकी नियन्त्रणमासमेत अफगानीसँग युद्ध गर्नुपर्दा २ हजार ५ सय अमेरिकी सेना मारिए भने २० हजार ७ सय ५२ जना घाइते भए। मानवको मूल्य हुँदैन। तसर्थ त्यति धेरै अमेरिकी मारिनु राष्ट्रको लागि ठूलो क्षति हो। गज्जवको कुरो चाहिँ अमेरिकी सेनाको मनोवल उच्च राखिएको पाइन्छ भने संसारको जुन भागमा पनि राष्ट्रिय स्वार्थको लागि मर्न मार्न हिच्किचाउँदैन। जुन पाटो र पक्ष बडामहाराज पृथ्वीनारायण शाह र राजकुमार बहादुर शाहको पालामा नेपालमा पनि थियो। त्यसको कारण राज्यले सेना र सेनाको आश्रितमाथि राख्ने अभिभावकत्व नै हो।
अर्को सत्य के हो भने अमेरिकाले केही राज्यलाई भूतजस्तै डरलाग्दा र खतरापूर्ण रुपले जबर्जस्ती ब्याख्या गरेर ती भूतहरुलाई रोक्ने(छेक्ने आफूलाई धामी बनाउन सफल भएको छ। उसले गर्ने धामीको काम भनेको हातहतियार, गोलीगठ्ठा, बम बारुद बेच्ने नै हो।
उदाहरणको लागि दक्षिण पूर्व एसियामा अमेरिकाले नै गोप्य समर्थन दिएर उत्तर कोरियालाई बचाइराखेको छ। यो क्षेत्रमा भूत हो यो, अमेरिकी परिभाषामा। अब यसको डरत्रास देखाएर अमेरिकाले दक्षिण कोरिया र जापानमा मनग्य हतियार बेच्छ। अमेरिकाको अर्को भूत हो चीन। चीनलाई देखाएर ताइवानलाई सकेसम्म महंगा हतियार बेच्दछ। अमेरिकाले चिनियाँ भूत जापानलाई पनि देखाउँछ। उसैले उचाल्छ चीनलाई अनि ताइवान, भारत तथा जापानमा भूत फैलाउन। अर्को भूत हो मध्यपूर्व क्षेत्रको इरान। यो भूतलाई देखाएर इजरायल तथा अरब क्षेत्रमा मनग्य हतियार बेच्छ अमेरिका। अहिले सिरियालाई पनि मध्यपूर्वको भूत बनाएको छ, अमेरिकाले। इरानी भूत लगाउँदा अनि झारफुक गर्दा गर्दा राष्ट्रपति सद्दाम हुसेन मारिए, इराक खरानी भयो। त्यही भोगाइ लिवियाले पायो। कर्नेल गद्दाफी मारिए। अनि युरोपको भूत रुसलाई बनाएको छ अमेरिकाले। यो भूतलाई रोक्न छेक्न नाटो सैनिक गठबन्धन समेत बनायो। युरोपको सुरक्षा अमेरिकाले लियो। अनि मज्जाले अमेरिकी हातहतियार बेचियो यो महादेशमा। वास्तवमा हतियार व्यापारको लागि समेत गोप्य रुपले अमेरिकालाई माथिका भूत देशहरु पाल्न जरुरी छ। हात्तीको चपाउने र देखाउने दाँत फरक भएजस्तै अमेरिकी वार इकोनोमी बचाउनको लागि ती भूत राष्ट्रहरुसँगको गोप्य सम्बन्ध खोतल्ने हो भने धेरै तथ्यहरु छताछुल्ल हुन सक्छन्। यो भूत र धामीको खेल खेलाइने रणनीति अब संसारले बुझेका छन्।
बडामहाराज पृथ्वीनारायण शाहदेखी अस्तिका महाराज ज्ञानेन्द्रसम्म सम्म र त्यस अवधिभित्रको राणा प्रधानमन्त्रीहरु समेतले हाम्रा दुई छिमेकीको राष्ट्रिय स्वार्थमा कहिले पनि खलल हुन दिएनन्। न त हाम्रो भुमि चीनको बिरुद्ध, न त भारतको बिरुद्ध, न त ठूला शक्ति राष्ट्रको जुवा खेल्ने अखडा बनाउन सकिन्छ। उदाइसकेका शक्ति राष्ट्र र उदाउन लागेका शक्ति राष्ट्रहरुले नेपाल मा अबान्छित पाराले जसरी भ्रमण् गर्दै छन्, शक्ति राष्ट्रलाई नेताहरुको स्वार्थले नेपालको सार्बभौमिकता माथि जुवा खेलाउन बोलाइएका छन्।
बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि कार्यक्रममा बेलायत पुग्दा केही अगाडि मात्र १८ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति बाइडेनले ‘चीन र ताइवानको युद्ध भएमा अमेरिकाले ताइवानको पक्ष लिएर लड्नेछ। तर ताइवानलाई स्वतन्त्र राज्य हुनलाई उचाल्ने छैन, एक चीन नीतिलाई त्याग्ने पनि छैन’ भनेका थिए। ती शब्दजाल केलाउने हो भने प्रष्ट रुपले भूत पनि बचाइराख्ने, भूत भगाउन हतियार बेचिराख्ने इरादा प्रष्टै देखिन्छ। गज्जवको कुरो चाहिँ के हो भने राष्ट्रिय स्वार्थ र राष्ट्रिय सुरक्षा बचाउने नाममा अमेरिकी जनताहरु युद्ध अर्थ रणनीति कार्यान्वयन गर्ने काममा आफ्नो सरकारलाई खुलेरै साथ पनि दिन्छन्, दिएका छन्। तर, पछिल्ला दिनहरुमा इराक र अफगानिस्तानमा मारिएका अमेरिकी सेनाको आँकडाले गर्दा अमेरिकाको सामाजिक मनोभावना शान्तिप्रेमी बन्दै गएको लक्षण देखिएका छन्। जसको कारणले अमेरिकी सेनाले आफ्नो युद्ध कला नै परिवर्तन गर्दैछ। जुन पछि उल्लेख गरिनेछ। अर्को कुरा के पनि सत्य हो भने विकासशील राष्ट्रले कूटनीतिक सम्बन्धको नाममा शक्ति राष्ट्रलाई व्यापार पनि बढाई दिनैपर्छ। अमेरिका, चीन, फ्रान्स, रुस, बेलायत ९नेपालको लागि भारत० जस्ता देशले गरिब र विकासशील राष्ट्रलाई आ(आफ्नो पिठोलाई चामल भनी बेचिरहेका पनि छन्। माथि उल्लेखित भूत राष्ट्रबाट बेच्न अमेरिकाबाट दक्षिण कोरीयाले २५८ मिलियन डलर, जापानले २(२ बिलियन डलर, ताइवानले १ बिलियन डलर र वर्तमान युद्धग्रस्त युक्रेनले ५।६ बिलियन डलर ९यसमा केही सहयोग पनि छ० को हतियार खरिद गर्दैछन्, गर्नेछन्।
युद्ध साह्रै पीडादायी हुन्छ। सैनिक, गैह्रसैनिक मान्छे, पशु(पक्षीसमेत मर्छन्। अमेरिकाले नेतृत्व गरेका पछिल्ला युद्धहरु मध्य इराकमा २ लाख ५५ हजार, लिवियामा २५ हजार जति, अफगानिस्तानमा ३ लाख ६० हजार तथा युक्रेनमा ९१२ सेप्टेम्वर सम्म० ५ हजार ८२७ जना मारिएका छन् भने ८ हजार २९२ घाइते र अपाङ्ग बनेका छन्। वर्तमान रुस(युक्रेन युद्ध, रुस विरुद्ध नाटोकै लडाइँ हो, अमेरिकी नेतृत्वमा। यो युद्ध रुसको राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनबीचको जुँगाको लडाइँ हो। फरक यति मात्र हो कि नाटो प्रत्यक्ष रुपमा युद्धमा देखिएको छैन। अन्य सम्पूर्ण सहयोग नाटोकै छ।
अमेरिकाले लडाइँ गर्ने रणनीति बदलेको देखियो। इराक तथा अफगानिस्तानमा भएका युद्धहरुमा अमेरिकाले व्यहोरेका मानवीय क्षति, देश फर्केपछि ब्यहोरिएका घाइते, अपाङ्ग, रोगी अनि पतिविहीन महिला र पिताविहीन केटाकेटीसमेतको दृष्टान्तले अमेरिकी राजनीतिमा समेत अप्ठेरो पारेको छ। अर्को तथ्य के पनि हो भने आफ्नै देशका हतियारले देशभित्रै आफ्नै नागरिक हजारौँ मारिँदै छन् भने कालो र गोरोको रंगभेद नीति बढ्दो छ। अर्को अलिखित तर पश्चिमा केही क्रिस्चियन धर्मालम्वीहरुसँग लेखकले गरेको संवाद अनुसार रुसी सेनामाथि अमेरिकी सेनाले पहिलो हमला गरेर लडाइँ सुरु गरेमा अफाप हुने २० औं शताब्दीको सुरुकै भविष्यवाणी पनि छ। त्यसैले रुसीसँग अमेरिकीहरु सकेसम्म पहिलो जम्काभेट गरी युद्ध गर्न पन्छिन्छन्। विशेष गरी मानवीय क्षति कम गर्न युद्धमा अमेरिकाले मानवरहित ड्रोन हमला तथा हवाई हमला गर्ने र अर्कै राष्ट्रलाई आफ्नो दुष्मन राष्ट्रसँग लडाएर आफ्ना स्वार्थसिद्ध गर्ने दुईवटा रणनीति लिएको देखिन्छ । जस्तो ‘वार अन टेरर’ को नाम दिएर अल्कायदाविरुद्ध अमेरिकी सेना अफगानिस्तान छिरेपछि ओसामा विन लादेन मारे पनि ठूलो मानवीय क्षति भोग्नु पर्यो। त्यसलाई कम गर्नको लागि अमेरिकी सेनाले जून १९, २००४ मा पहिलो पटक पाकिस्तानमा रहेको अल्काइदा शिविरमा ड्रोन हमला गरेपछि त्यसपछि हजारौँ ड्रोन हमला गर्यो। हजारौँ गैरसैनिक मारिए। ड्रोन हमला शक्ति राष्ट्रहरुको बल मिचाइ हो। ड्रोनले सैनिक गैह्रसैनिक चिन्दैन (छुट्टाउँदैन। आजको जमानाको युद्ध भनेको सहरबस्तीमा नै हुन्छ। सहरमा सेना भन्दा गैह्र सैनिक कता हो कता धेरै हुन्छन्। तसर्थ यो ड्रोन हमला विलकुल गैह्र मानवीय छ। अर्को अति संवेदनशील कुरा अमेरिकाले आफ्ना प्रतिद्वन्दी तथा दुष्मन अर्थात भूत राष्ट्रहरुलाई तह लगाउन ती भूत राष्ट्रका छिमेकीलाई प्रयोग गर्दैछ। आफ्ना सेनालाई युद्धमा नपठाउने र अमेरीकी रगत बचाउने रणनीतिअनुसार अनि वार इकोनोमी कायम राख्ने अर्थात पैसा कमाउने रणनीति लिएको प्रष्टै छ।
हाल रुस र युक्रेनबीच भएको युद्धमा यदि नाटो वा अमेरिका युक्रेनको पक्षमा लाग्छ भने किन प्रत्यक्ष युद्धमा नजाने तरु ‘प्रेम र युद्धमा सवै कुरा सही हुन्छन्’ भन्ने नजिर छन्। किन अमेरिका र नाटो विभिन्न बहाना बनाई प्रत्यक्ष युद्धमा जाँदैन तरु आफू संलग्न नहुने युद्धमा किन युक्रेनलाई उचालेर युद्धको भुमरीमा झोसेको तरु यो युद्ध पुटिन र बाइडेनकै हो। नाटो र अमेरिकी हतियार किन बिक्री गरेको युक्रेनलाई ऋण दिएररु युक्रेनका जनता मरेका छन्। देश तहसनहस भएको छ। यूरोपमा अर्को रुवान्डा बनाइएको छ। पश्चिमा अर्थात नाटो राष्ट्र कागज र भाषणमा वक्तब्य निकालेर नरसंहार हेरेर बसेका छन्, अनि नाटोको भूत राष्ट्र रुसमाथि रिस फेरेका छन्। यही प्रारुपमा भोलिको दिनमा चीन विरुद्ध ताइवान प्रयोग हुनेछ। ‘ऋणम कृत्वा घृतम् पिवेत’ अर्थात ऋण लिएर भने पनि घिउ पिउन बाध्य पारिनेछ ताइवानलाई, शक्ति राष्ट्रका हतियार किन्न। अन्तमा मर्ने र तहस नहस हुने ताइवान नै हुनेछ। भोलिको दिनमा मध्यपूर्वमा इजरायल र साउदी अरेबियाको भविष्य पनि यस्तै बनाइनेछ। ड्रोन हमला र छिमेकी प्रयोग गरी सत्रुलाई कमजोर बनाउने युद्धकला अर्थात युद्ध रणनीति युद्ध शास्त्र विपरीत हो र अरुको जमिन र जीवन माथिको खेलबाड हो, यो रणनीति।
अन्तमा, यस लेखमा प्रस्तुत आँकडा इन्टरनेटबाट साभार गरिएको हुन । हाम्रो देश नेपालले चीन, भारत वा अमेरिका मध्य कसैको भरौटे बनेर एउटाको उक्साहटमा अर्काविरुद्ध प्रयोग भएमा हाम्रो भविष्य पनि अभागी युक्रेनको वा अफगानिस्तानको जस्तै हुनेछ । हामीले अमेरिका, चीन र भारतसँगको सम्वन्धलाई बिल्कुल गैह्रसैनिक मित्रको रुपमा लैजानुपर्दछ। हाम्रो लागि पहिलो प्राथमिकता हाम्रो दुवै छिमेकी हुन् भने त्यसपछि अमेरिका लगायतका मुलुक हुनेछन्। विश्वको पहिलो शक्ति राष्ट्र अमेरिकासँग गैह्रसैनिक सम्बन्ध र विश्वास बढाएर देशको विकास गर्नुपर्छ। नेपालको राजनीति र कूटनीति उत्ताउलो र शक्तिराष्ट्र केन्द्रित नहोस्। यस पक्षको थर्मामिटर वा ब्यारोमिटर भनेको सेना(प्रहरी समेत रहेको नेपालका राष्ट्रिय सुरक्षा परिषद् नै हो। देशको राष्ट्रिय सुरक्षाको लागि यो संस्थाले संविधानको पूजा गरेर मात्र बस्ने होइन। संविधान कार्यान्वयन गर्ने मठाधीशहरुको लगाम तान्न पनि सक्नु पर्दछ। यो संसारकै मान्यता हो। संसार भरिका राष्ट्रिय सुरक्षा परिषद्को गरिमा र महत्व कति उच्च छ, सबैले बुझेकै हुनुपर्छ। तर नेपालमा भने सबैभन्दा हेलित र लुलो बनाइएको छ। यद्द्यपि यसको अन्तर्राष्ट्रिय महत्व सम्मानित भएकाले लेखकले यहाँ सम्बोधन गरेको हो। नेपाल शान्तिप्रिय स्विजरल्यान्ड जस्तो कि वर्तमान युक्रेनजस्तो रक्तको आँसु बगाउने देश बन्नेरु भन्ने कुरो हाम्रो हातमा छ, विदेशीलाई दोष दिने ठाउँ छैन। बडामहाराज पृथ्वीनारायण शाहदेखि अस्तिका महाराज ज्ञानेन्द्रसम्म सम्म र त्यस अवधिभित्रको राणा प्रधानमन्त्रीहरू समेतले हाम्रा दुई छिमेकीको राष्ट्रिय स्वार्थमा कहिले पनि खलल हुन दिएनन्। न त हाम्रो भुमि चीनकोविरुद्ध, न त भारतको बिरुद्ध, न त ठूला शक्ति राष्ट्रको जुवा खेल्ने अखडा बनाउन सकिन्छ। उदाइसकेका शक्ति राष्ट्र र उदाउन लागेका शक्ति राष्ट्रहरुले नेपाल मा अबान्छित पाराले जसरी भ्रमण् गर्दै छन्, शक्ति राष्ट्रलाई नेताहरुको स्वार्थले नेपालको सार्बभौमिकता माथि जुवा खेलाउन बोलाइएका छन्। चाहे ती छिमेकी नै किन न हुन्, त्यो नेपालको दुर्भाग्यको सूचक हो। सम्पूर्ण नेपालीले सजग हुन ढिला नगरौँ। त्यसमा पनि नेपाली सेना, प्रहरी, सशास्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागले बुझ नपचाउन्। नेताहरूकै कारणले देशलाई दशा लागेको छ। चेतना भया।

